6 years ago
September 23, 2018
यूएई (एजेन्सी)– एसिया कप क्रिकेटको सुपर फोर खेलमा पाकिस्तानले भारतलाई २ सय ३८ रनको लक्ष्य दिएको छ । दुबईमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २३७ रन बनाउन सक्यो ।
पाकिस्तानका लागि शोएब मालिकले उत्कृष्ट ब्याटिङ गरे । पाकिस्तानको सुरुवात आज पनि राम्रो हुन सकेन । पहिलो विकेटको रुपमा ओपनर इमाम उल हकलाई ७ ओभर ६ बलमा ब्यक्तिगत १० रनमा गुमाएको पाकिस्तानले दोस्रो विकेटका रुपमा फखार जमानलाई व्यक्तिगत ३१ रनमा गुमाउनु परेको थियो । जमान कुलदिप यादवको बलमा एलबीडब्लुको सिकार भएका भए ।
जमान आउट भएको एक ओभर पछि बाबर आजम ९ रनमा रन आउटको सिकार भएपछि पाकिस्तान थप दबाबमा आएको थियो । चौथो विकेटका लागि मालिक र कप्तान सरफराज अहमदले १०७ रनको सतकीय साझेदारी गर्दै पाकिस्तानको ब्याटिङ इनिङ उकासेका थिए ।
मालिकले ९० बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ७८ रन बनाए । उनी ४४ औँ ओभरमा बुमराहको बलमा विकेटकिपर महेन्द्र सिंह धोनीको हातबाट क्याच आउट हुँदै पेभिलिएन फकिए । त्यस्तै सरफराजले ६६ बलमा २ चौका प्रहार गर्दै ४४ रन बनाए । आक्रमक ब्याटिङ गरेका आसिफ अलीले २१ बलमा १ चौका र २ छक्का प्रहार गर्दै ३० रनमा आउट भए । आसिफ अली नेपालमा भएको एभरेस्ट प्रिमियर लिगमा पोखरा राइनोजबाट खेलेका थिए ।
पाकिस्तानका अन्य सादब खान १० आउट हुदा महोमम्द नवाजल १५ र हसन अली २ रनमा नट आउट रहे । भारतका लागि जस्प्रित बुमराह, युजवेन्द्र चाहल र कुलदिप यादवले समान २ विकेट लिए ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। कुल पुरूष खेलाडीलाई क्यानले मासिक पारिश्रमिक दिने भएको छ। जसमा ५ खेलाडीले मासिक १ लाख प्राप्त गर्नेछन्। ५ श्रेणीमा ३३ खेलाडीलाई वर्गीकरण गरिएको छ। जहाँ श्रणी अनुसार १ लाख देखि २५ हजार नगद खेलाडीहरूले प्राप्त […]