6 years ago
September 22, 2018
एजेन्सी – एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको अफगानिस्तान र पाकिस्तनाबीचको सुपर फोर खेलमा आईसीसीको आचार संहिता नियम उलंघन गरेको भन्दै आइसीसीले अफगानिस्तानका स्पिनर रशिद खानलाई कारवाही गरेको छ । उनीसँगै पाकिस्तानका तिब्र गतिका बलर हसन अली र अफगानिस्तानका कप्तान अस्गर अफ्घान पनि कारवाहीमा परेका छन् ।
आइसीसीले कारवाहीस्वरुप पारिश्रमीकको १५ प्रतिशत जरिवाना गर्ने निर्णय गरेको छ । अली र अस्गरले आईसीसीको आचार संहिता धारा २.१.१ खेल भावना विपरीत ब्यवहार गरेको भन्दै कारबाहि गरेको हो । हसन अलीले ३७ औं ओभरमा तथा अस्गरले ३३ औं ओभरमा खराब व्यवहार प्रस्तुत गरेका थिए । रसिद खानले आईसीसीको आचार संहिता धारा २.१.७ उलंघन ४७ औँ ओभरमा गरेका थिए ।
रसिद र हसन आईसीसीको पहिलो पटक खेल भावना विपरित व्यवहार गरेका हुन् भने अस्गरले सन् २०१७ मा जिम्बाबेविरुद्ध वान डे खेलमा अम्पाएरले दिएको निर्णयमाथि असहमति देखिाएपछि कारवाहीमा परेका थिए । रोमाञ्चक खेलमा पाकिस्तानले अफगानिस्तानलाई ३ विकेटले पराजित गरेको थियो । सुपर फोरका खेलमा आईतबार भारतले पाकिस्तानको सामना गर्ने छ भने अफगानिस्तानले बंगलादेशसँग भिड्ने छ ।
March 17, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस ११ ले इन्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा थन्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस ११ च्याम्पियन बनेको हो । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थन्डर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थन्डर्सका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]