default_image

6 years ago

September 22, 2018

पाकिस्तानले अफगानिस्तानलाई अन्तिम ओभरमा हरायो

89 views

0 Bookmark

आबुधावी (एजेन्सी) – एसिया कप क्रिकेट अन्तर्गत सुपर ४ चरणमा पाकिस्तानले विजयी सुरुआत गरेको छ । शुक्रबारको खेलमा अन्तिम ओभरसम्म चलेको रोमान्चक खेलमा अफगानिस्तानलाई ३ विकेटले हराउँदै पाकिस्तानले महत्त्वपूर्ण अंक जोडेको छ ।

पहिलो ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ५७ रन जोडेको थियो । ओपनर महमद सहजादले २० र इहसनुल्लाहले १० रनको योगदान दिए । तेस्रो नम्बरमा ब्याटिङ गरेका रहमत साहले पनि ५१ बलमा ३६ रन बनाए । चौथो विकेटका लागि अस्गर अफ्घानी र हस्मतुल्लाह शाहिदीले ९४ रनको साझेदारी गरे । कप्तान अस्गर ५६ बलमा २ चौका र ५ छक्कासहित ६७ रन जोड्दै शाहिन अफ्रिदीको बलमा बोल्ड भएका थिए ।

हस्मतुल्लाह भने ९७ रनमा नटआउट रहे । उनले १ सय १८ बलको सामना गर्दा ७ चौका प्रहार गरेका थिए । शाहिदीले अन्तिम ओभरमा ३ ओटा चौका प्रहार गरेका थिए । गुल्बदीन नाइबले ७ बलमा नटआउट १० रन जोडे । पाकिस्तानका लागि मोअहमद नवाजले ३ विकेट लिए । युवा बलर शाहिन अफ्रिदीले २ विकेट तथा हसन अलीले १ विकेट हात पारे ।

प्रतिस्पर्धाताम्क लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले ओपनर फखर जमानलाई पहिलो ओभरमा खाता नखोली मुजिबको बलमा गुमाएको थियो । त्यसपछि इमाम उल हक र बाबर आजमले १ सय ५४ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । इमामले १ सय ४ बलमा ५ चौका र १ छक्कासहित ८० रन जोडे । बाबर भने ९४ बलमा ४ चौका र १ छक्कसहित ६६ रन जोड्दै स्टम्पिङ आउट भए । हरिस सोहेल (१३), सरफराज अहमद (८) र आसिफ अलि (७) ले पनि आक्रामक गतिमा खेल्ने प्रयास गरे ।

पाकिस्तानलाई जितसम्म पुर्याउन म्यान अफ द म्याच शोएब मलिकले बलियो प्रदर्शन गरे । उनले ४३ बलमा नटआउट ५१ रन बनाएका थिए । ३ चौका र १ छक्का प्रहार गरेका मलिकले ५ बलमा १० रन आवश्यक पर्दा छक्का र चौका प्रहार गर्दै जित दिलाएका थिए । अफगानिस्तानका रशिद खानले ३ विकेट लिंदा मुजिब उर रहमानले २ तथा गुल्बदीनले १ विकेट हात पारे ।

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

March 18, 2025

कोशीविरुद्ध कर्णालीको मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]

March 18, 2025

गण्डकीविरुद्ध बागमतीको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीविरुद्ध वलियो योगफल तयार गरेको छ । बागमतीले गण्डकी प्रदेशविरुद्ध २ सय ८८ रनको बलियो योगफल तयार गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको योगफल तयार गर्यो । […]

Success

Thank you for your time.