6 years ago
September 21, 2018
युएई (एजेन्सी) – युएईमा जारी एसिया कपको सुपर फोर खेलमा अफगानिस्तानले पाकिस्तानलाई २ सय ५८ रनको लक्ष्य दिएको छ । युएईको अबु धाबीमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउदैँ २ सय ५७ रन बनाएको छ ।
अफगानिस्तानका धर्यतापूर्वक ब्याटिङ गरेका हाशमतुल्ला शाहिदी शतक बनाउन चुके । अन्तिम ओभरमा उसमान खानलाई लगातार तीन चौका हान्दै ९६ रन बनाएको अवस्थामा चौथो बलमा एक रन लिए । त्यस्तै पाचौँ बलमा नाइबले १ रन लिदैँ स्ट्राइक शाहिदीलाई दिए पनि अन्तिम बल डट खादा शतक बनाउन जम्मा ३ रनले चुकेका हुन् ।
१ सय १८ बलको सामना गर्दा ७ चौका प्रहार गरेका शाहिदी ९७ रनमा नट आउट रहे । त्यस्तै अफगानिस्तानका लागि कप्तान असगर अफगानले ६७ रन प्रहार गरे । आक्रमक ब्याटिङ गरेका असगरले ५ छक्का र २ चौका प्रहार गरे ।
रहमत शाहले ५१ बलमा २ चौका प्रहार गर्दै ३६ र मोहम्मद शहजाद २० रन बनाए । अन्य ब्याट्सम्यानले खासै राम्रो प्रर्दशन गर्न सकेनन् । पाकिस्तानका लागि मोहम्मद नवाजले ३ तथा शाहीन शाह अफरीदी २ र हसन अलीले १ विकेट लिए । पाकिस्तानले केहि समयमा जवाफी ब्याटिङ गर्ने छ ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]