6 years ago
September 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने धेरै देशमा क्रिकेट खेल्ने क्रिकेटरको सुचिमा परेका छन् । क्रिकइन्फोको ‘द क्रिकेट मन्थ्ली’ को यस संस्करणमा धेरै क्रिकेट खेल्ने ६ क्रिकेटरहरुको सूचिमा लेग स्पिनर सन्दीपको नाम पनि अटाएको छ ।
सन् २०१८ मा इण्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयर डेभिल्सबाट ब्यवसायिक क्रिकेट यात्रा थालेका सन्दीप छोटो समयमा नै विश्व क्रिकेट जगटमा आफ्नो राम्रो छाप छोड्न सफल भएका छन् । धेरै देशमा क्रिकेट खेल्ने खेलाडीहरुको सूचीको शीर्ष स्थानमा अफगानिस्तानका ३३ वर्षीय अलराउण्डर मोहम्मद नाबी र लेग स्पिनर रसिद खान छन् । दुवैले अहिले सम्म १० देशमा खेलिसकेका छन् । पाकिस्तानका भरपर्दा तथा अनुभवी ब्याट्सम्यान शोएब मलिक, लेग स्पिनर शादाब खान र बंगलादेशका ओपनर ब्याटम्यान तमिम इकबाले समान ९ देशमा टी–२० खेलेका छन् । गुग्ली ब्वाईु सन्दीपले पनि ९ देशमै टी–२० क्रिकेट खेलि सकेका छन् ।
पछिल्लो समय प्रसिद्ध टी– २० लिग खेल्न भ्याइ नभ्याई रहेका सन्दीप आईपीएल पछि ग्लोबल टी–२० क्यानडा, क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलिसकेका छन् । उनले खेलेका सबै लिगमा राम्रो प्रभाव छाडेका छन् । त्यस्तै अफगानिस्तान प्रिमियर लिग (एपीएल) मा पनि नाङरहार क्लबले सन्दीपलाई अनुबन्ध गरिसकेको छ ।
आईपीएलमा सन्दीपले ३ खेल खेल्दै ५ विकेट लिएका थिए भने क्यानडाको ग्लोबल टी-२० मा ५ खेलमा ८ विकेट हात पारे । यस्तै सीपीएलमा सुरुआती ५ खेल मात्र खेल्न पाएका सन्दीपले ७ विकेट लिँदै अन्तर्राष्ट्रिय क्रिकेट लिगमा राम्रो छाप छाडेका छन् । सन्दीप अहिले अक्टोबर ३ देखी १२ सम्म मलेसियामा हुने टी–२० विश्वकप उप–क्षेत्रिय छनोटका लागि नेपाली १८ सदस्य टोलीसँगै टीयू क्रिकेट मैदानमा बन्द प्रशिक्षणमा छन् ।
March 6, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]
March 5, 2025
एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]
March 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले बुधवार एकेडेमीको औपचारिक रुपमा उद्घाटन गरे ।ललितपुर महानगरपालिका वडा २ स्थित सानेपामै खोलिएको एकेडेमी करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको छ । एकेडेमी तयार गर्न करिब ३० लाख रुपैयाँ खर्च भएको एकेडेमीले जनाएको छ । […]