6 years ago
September 21, 2018
यूएई (एजेन्सी) – अफगानिस्तानका युवा स्टार रशिद खान ब्याटिङ र बलिङ दुवै पक्षमा चम्किएपछि अफगानिस्तानले एसिया कप अन्तर्गत अन्तिम लिग खेलमा बंगलादेशलाई १ सय ३६ रनले पराजित गरेको छ । अफगानिस्तानले प्रस्तुत गरेको २ सय ५६ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेश १ सय १९ रनमा समेटियो ।
टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५५ रन जोडेको थियो । ४१ औं ओभरमा १६०-७ को स्थितिमा रहेको अफगानिस्तानलाई रशिद र गुल्बदीन नाइबको अविजित साझेदारीले उकासेको थियो । यी दुइले आठौं विकेटका लागि ५५ बलमा अविजित ९५ रन जोडेका थिए । नाइबले ३८ बलमा ५ चौकाको मदतले नटआउट ४२ रन बनाए । रशिदले अर्धशतक जोड्ने क्रममा ३२ बलको सामना गर्दै ८ चौका र १ छक्का प्रहार गर्दै ५७ रनमा नटआउट रहे ।
त्यसअघि मध्यक्रमका ब्याट्सम्यान हस्मतुल्लाह शाहिदीले ५८ रन जोड्दै इनिङस सम्हालेका थिए । उनले ९२ बल खेल्दै ३ चौका हने । ओपनर मोहमद सहजादले ४७ बलमा ४ चौकासहित ३७ रनको योगदान दिए । समिउल्लाह शेनावारीले १८ रन र मोहमद नाबीले १० रन जोड्दा कप्तान अश्गर अफगान र इहसानउल्लाहले ८-८ रन जोडे । बंगलादेशका लागि शाकिब अल हसनले ४, अबु हैदरले २ तथा रुबेल होसेनले १ विकेट हात पारेका थिए ।
जवाफी ब्याटिङमा उत्रिएको बंगलादेशले अफगानिस्तानको स्पिन आक्रमणको सामना गर्न सकेन । शकिब अल हसनले ३२, महुमुदुल्लाहले २७ तथा मोसादेक होसैनले नटआउट २६ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोर अंक छुन सकेनन् । महत्त्वपूर्ण खेलाडीलाई विश्राम दिएको खेलमा बंगलादेशको ब्याटिङ निकै फितलो रहयो । अफगानिस्तानका लागि रशिद, मुजिब उर रहमान र नाइबले २-२ विकेट लिए । अफताब आलम, मिहमद नाबी र रहमत शाहले १-१ विकेट हात पारे ।
यस नतिजासँगै एसिया कपको शीर्ष ४ टोलीको टुङ्गो लागेको छ । समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा अर्को समूहबाट अफगानिस्तान र बंगलादेश अगाडी बढेका छन् । सुपर चार चरणमा सबै टोलीले एक अर्काको सामना गर्नेछन् ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]