default_image

6 years ago

September 19, 2018

पीपीएलका लागि खेलाडी दर्ता प्रक्रिया शुरु

75 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद)-  पोखरामा कात्तिक दोस्रो साताबाट आयोजना हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको लागि खेलाडी दर्ता प्रक्रिया आजबाट शुरु भएको छ ।

फाइल तस्बिर

आयोजक क्विन्स इभेन्ट्स प्रालिले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको लागि खेलाडी दर्ता प्रक्रिया शुरु भएको उल्लेख गरेको छ । खेलाडी दर्ता प्रक्रियासँगै अक्सनको तयारीसमेत अन्तिम चरणमा पुगेको आयोजक क्विन्स इभेन्ट्स प्रालिका प्रवन्ध निर्देशक छुम्वी लामाले जानकारी गराएका छन् ।

पीपीएलमा सहभागी हुन इच्छुक खेलाडीहरुले इ–सेवामार्फत १ हजार रुपैया शुल्क तिरेर दर्ता गर्न सक्नेछन् । खेलाडी दर्ता प्रक्रिया २५ सेप्टेम्वरभित्र भरिसक्नुपर्नेछ । पीपीएलमा सहभागी हुने खेलाडीलाई क्याप्ड सिनियर, क्याप्ड एज लेभल र अनक्याप्ड गरी तीन श्रेणीमा विभाजन गरिएको छ ।

क्याप्ड सिनियरमा नेपालको सिनियर राष्ट्रिय टिमबाट प्रतिनिधित्व खेलाडीलाई राखिएको छ । क्याप्ड एज लेभलमा नेपालको उमेर समूह (यू–१५, यू–१७, यू–१९, यू–२१ र यू–२३) टिमको प्रतिनिधित्व गरेका खेलाडीलाई राखिएको छ ।

अनक्याप्ड श्रेणीमा नेपालको राष्ट्रिय र उमेर समुहको टिमबाट खेलेका बाहेकका खेलाडीलाई राखिएको छ । क्याप्ड सिनियर खेलाडीको न्युनतम मुल्य ५० हजार रुपैया राखिएको छ भने अधिकतम मुल्य २ लाख ५० हजार छ ।

क्याप्ड एज लेभलको न्युनतम मुल्य पनि ५० हजार राखिएको छ भने अधिकतम मुल्य १ लाख ५० हजार निर्धारण गरिएको छ ।

अनक्याप्ड श्रेणीको न्युनतम मुल्य ३० हजार र अधिकतम मुल्य १ लाख रुपैयाा राखेको छ । पिपिएलका लागि एक टिमले न्युनतम १५ खेलाडी र अधिकतम १८ खेलाडी आबद्ध गर्नुपर्नेछ ।

अक्सनबाट न्युनतम १० खेलाडी आवद्ध गर्नुपर्नेछ । एक टिमले १ मार्की खेलाडी, २ जना विदेशी खेलाडी र २ जना लोकल आइकन प्लेयरलाई पनि राख्नुपर्ने । ६ टिमले पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्नेछ ।

March 17, 2025

पेनोरिस ११ लाई इन्डो- नेपाल टि ट्वान्टी उपाधि

हिमाल खरेल,मेचीनगर पेनोरिस ११ ले इन्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा थन्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस ११ च्याम्पियन बनेको हो । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थन्डर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थन्डर्सका […]

March 17, 2025

विश्वकप छनोटका लागि टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

Success

Thank you for your time.