default_image

7 years ago

September 19, 2018

हङकङलाई हराउँदै भारत दोस्रो चरणमा

65 views

0 Bookmark

यूएई (एजेन्सी) – एसिया कप क्रिकेट अन्तर्गत समूह ‘ए’ को खेलमा भारतले हङकङलाई २६ रनले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएको छ ।

टस जितेर पहिलो फिल्डीङ रोजेको हङकङविरुद्ध भारतले २ सय ८६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो । भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८५ रन जोडेको थियो । भारतका लागि शिखर धवनले १ सय २७ तथा अम्बाती रायुडूले ६० रनको योगदान दिएका थिए । यी दुई ब्याट्सम्यान मिलेर दोस्रो विकेटका लागि १ सय १६ रनको साझेदारी गरे ।

धवनले १ सय २० बलको सामना गर्दै १५ चौका र २ छक्का प्राहर गर्दा रायुडूले ७० बलमा ३ चौका र २ छक्का नै हाने । भारतका लागि रोहित शर्माले २३, दिनेश कार्तिकले ३३ तथा केदार जाधवले अविजित २८ रनको योगदान दिए । हङकङका लागि किन्चित साहले ३ , एहसान खानले २ तथा एहसान नवाज र एजाज खानले १-१ विकेट हात पारे ।

जवाफमा हङकङले ओपनरद्वय निजाकत खान र कप्तान अन्शुमन रथबाट उत्कृष्ट सुरुआत पायो । ३५ औं ओभरमा अन्शुमन आउट हुनुअघि प्रारम्भिक जोडीले १ सय ७४ रनको कीर्तिमानी साझेदारी गरेको थियो । अंशुमनले कुलदिप यादवको बलमा क्याचआउट हुनुअघि ९७ बलमा ४ चौका र १ छक्कासहित ७३ रन जोडे । अर्का ओपनर निजाकत लगत्तै ओभरमा आउट भएका थिए । उनले १ सय १५ बलको सामना गर्दै ९२ रन जोडे । यसक्रममा निजाकतले १२ चौका र १ छक्का प्रहार गरेका थिए ।

राम्रो सुरुआत पाएपनि मध्यक्रममा आक्रामक ब्याटिङको खाँचो पार्दा अन्य खेलाडी चलन नसक्दा हङकङ लक्ष्यभन्दा केहि टाढा रहयो । ५० ओभरमा हङकङले ८ विकेटको क्षतिमा २ सय ५९ रनमात्र जोड्न सक्यो । बाबर हायात १८, किन्चित साह १७, एहसान खान २२ र तनवीर अफजलले १२ रनको योगदान दिए ।भारतका लागि डेब्यु गरिरहेका खलिल अहमद र युज्भेन्द्र चहलले ३ विकेट तथा कुलदिप यादवले २ विकेट हात पारे ।

यस समूहबाट भारत र पाकिस्तान अर्को चरणमा प्रवेश गरेका छन् । हङकङको यात्रा भने समूह चरणमा नै सिमित भएको छ । अब समूहको अन्तिम खेलमा भारत र पाकिस्तान खेल्नेछन् । अर्को समूहबाट बंगलादेश र अफगानिस्तान दोस्रो चरण प्रवेश गरेका छन् । दुवै खेल हारेको श्रीलंका बाहिरिसकेको छ ।

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

March 18, 2025

कोशीविरुद्ध कर्णालीको मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]

March 18, 2025

गण्डकीविरुद्ध बागमतीको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीविरुद्ध वलियो योगफल तयार गरेको छ । बागमतीले गण्डकी प्रदेशविरुद्ध २ सय ८८ रनको बलियो योगफल तयार गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको योगफल तयार गर्यो । […]

Success

Thank you for your time.