default_image

6 years ago

September 18, 2018

विश्व टी–२० क्रिकेटका लागि नेपाली प्रारम्भिक टिमको घोषणा

65 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व टी–२० एसिया छनोटको लागि नेपालको प्रारम्भिक टोलीको घोषणा भएको छ ।

अर्काे महिना मलेसियामा आयोजना हुने प्रतियोगिताका लागि तीन सदस्यीय खेलाडी छनोट समितिले मंगबार पारस खड्काको कप्तानीमा १८ सदस्यीय नेपाली प्रारम्भिक टोलीको घोषणा गरेको हो । प्रारम्भिक टोलीमा दीपेश श्रेष्ठ, शाहव आलम र सुनिल धमलाले स्थान बनाएका छन् । रोहित कुमार पौडेल भने यु–१९ क्रिकेट टिममा छनोट भएका कारण प्रारम्भिक छनोटमा परेनन् ।

विश्व टी–२० क्रिकेट मलेसियामा अक्टोवर ३ देखि १२ तारिख सम्म हुदैछ । नेपाल समूह ‘बी’ मा रहेको छ । अन्तिम १४ सदस्यीय टोलीको घोषणा छिट्टै गरिने खेलाडी छनोट समितिले जनाएको छ । खेलाडी छनोट आएसीसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगट टमाटा र कप्तान पारस खड्काले गरेका हुन् । नेपालले बिहिबारबाट प्रशिक्षण थाल्नेछ ।

प्रारम्भिक नेपाली टोली

१. पारस खड्का (कप्तान)

२. ज्ञानेन्द्र मल्ल (उपकप्तान)

३. अनिल कुमार साह

४. बसन्त रेग्मी

५. विनोद भन्डारी

६. दीपेन्द्रसिंह ऐरी

७. दीपेश श्रेष्ठ

८. करण केसी

९. ललित भन्डारी

१०. ललित नारायण राजवंशी

११. मोहम्मद आरिफ शेख

१२. प्रदीप ऐरी

१३. सागर पुन

१४. सन्दीप लामिछाने

१५. शाहव आलम

१६. शरद भेषवाकर

१७. सोमपाल कामी

१८. सुनिल धमला

March 6, 2025

विश्व कप लिग टु – क्यानडा र नेदरल्याण्ड्सको खेल रद्द

एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]

March 5, 2025

न्युजिल्यान्ड च्याम्पियन्स ट्रफीको फाइनलमा

एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो  ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको  थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]

March 5, 2025

रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा

काठमाडौं (हाम्रो खेलकुद)- सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले बुधवार एकेडेमीको औपचारिक रुपमा उद्घाटन गरे ।ललितपुर महानगरपालिका वडा २ स्थित सानेपामै खोलिएको एकेडेमी करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको छ । एकेडेमी तयार गर्न करिब ३० लाख रुपैयाँ खर्च भएको एकेडेमीले जनाएको छ । […]

Success

Thank you for your time.