default_image

9 years ago

February 27, 2016

केसीटिसीको फराकिलो जित

123 views

0 Bookmark

काठमाडौं, फागुन १५
आयोजक रुस्लान काठमाडौं क्रिकेट टे«निङ सेन्टर(केसीटिसी) ले शनिबारबाट सुरु भएको प्रथम रुस्लान क्रिकेट कप प्रतियोगितामा विजयी सुरुआत गरेका छन् । शनिबार त्रिवि मैदानमा भएको दोस्रो खेलमा आयोजक केसीटिसीले ग्रेट हिमालयन क्रिकेट एकेडेमीलाई १० विकेटको भारी अन्तरले पराजित गरेको हो ।

kctc
ग्रेट हिमालयनले दिएको ८२ रनको झनो लक्ष्य केसीटिसीले विना विकेट १६.१ ओभरमा पुरा ग¥यो । केसीटिसीका मनिस शाहनी ४५ तथा अश्चल चौधरी ३२ रनमा अविजित रहँदै निर्धारित लक्ष्य पुरा ग¥यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ग्रेट हिमालयनले १८.४ ओभरमा सबै विकेट गुमाएर ८१ रन मात्रै बनाउन सक्यो । प्रकाश विष्टले २५ तथा कृष्ण गजुरेलले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानहरु केसीटिसीको कसिलो बलिङमा चल्न सकेन । केसीटिसीका दिलिप यादव र श्याम त्रिपाठीले तीन–तीन तथा रोविन क्षेत्री र प्रशन्न शाक्यले समान दुई–दुई विकेट लिएपछि ग्रेट हिमालयनको पारी धराशयी बनेको थियो ।
शनिबारै भएको पहिलो खेलमा पहिलो खेलमा क्यानोनले जि फोर्स क्रिकेट एकेडेमीलाई ८ रनको झिनो अन्तरले पराजित ग¥यो । क्यानोनले दिएको ११४ रनको लक्ष्य पछ्याएको जि फोर्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०५ रनमात्र बनाउन सक्यो । जिफोर्सका लागि सुसन कार्कीले सर्वाधिक २९ रन तथा ओपनर ओविस शाहीले २४ रन र सरोज पौडेलले २३ रन बनाएपनि अन्यब्याट्ुम्यानले दोहोरो अंक छुन सकेन । क्यानोनका सञ्जीव महतोले दुई तथा भीमसेन रोकाय र दिपेन्द्र शाहले एक–एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटि गरेको क्यानोनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै ११३ रनको सामान्य योगफल तयार पारेको थियो ।
क्यानोनका लागि सुमन ठाकुरले ३० रनको योगदान दिए । पप्पु कुमार दासले अविजित २७ रनको योगदानमा सामन्य योगफल बनाएको थियो । सतिश सिंहले १५ रन बनाएपनि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेन । जिफोर्सका सरोज पौडेल एक्लैले पाँच विकेट लिएपनि त्यो जितको लागि पर्याप्त भएन । टेक लामा, नरेश थापा र आदित्य विकेले समान एक–एक विकेट लिए ।

May 15, 2025

गुजरात प्ले अफमा पुगेको अवस्थामा बटलर नहुने सम्भावना

एजेन्सी –   इंग्ल्यान्डका जोस बटलरले गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा छनोट भएमा ती खेलहरु गुमाउने भएका छन्। बटलर वेस्ट इन्डिजविरुद् इंग्ल्याण्डको एकदिवसीय र टि ट्वान्टी सिरिजका लागि टोलीमा समेटिएपछि उनले आइपिएलका खेल गुमाउने भएका हुन्। विभिन्न टोलीबाट हाल आइपिएल खेलिरहेका ५ इंग्लिस खेलाडी मध्ये पूर्व कप्तान बटलर एक हुन् । भारत र […]

May 15, 2025

वर्षाले अन्तिम खेल बिथोले नेपाल सुपर थ्री पुग्ने

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत हङकङ र बहराइनबीच अन्तिम लिग खेल वर्षका कारण पूरा हुन नसके नेपाल सुपर थ्री मा प्रवेश गर्ने भएको छ । विहीबारको खेलमा बहराइनलाई ६ विकेटले हराएसँगै नेपालको सुपर थ्री मा पुग्ने सम्भावना जीवित भएको थियो । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको […]

May 15, 2025

कप्तान इन्दु चम्कँदा नेपाल विजयी

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनमाथि ६ विकेटको जित दर्ता गरेको छ । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो । कप्तान इन्दुले ७ बलमा २४ रन प्रहार गरेपछि नेपालले लक्ष्य प्राप्त गरेको हो । उनले ४ चौका र १ छक्का प्रहार गरिन् । पुजा […]

Success

Thank you for your time.