6 years ago
September 16, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल यू–१९ राष्ट्रिय टिमले भारतको लखनउमा भएको चार टोलीबीचको एक दिवसीय सिरिज अन्तर्गतको अन्तिम खेलमा जित हात पारेको छ । अघिल्ला दुई खेलमा भारत यु–१९ को ‘बी’ र ‘ए’ टिमसँग पराजित भएको नेपाल यु–१९ टिमले आइतबार अन्तिम खेलमा अफगाानिस्तानको यु–१९ टिमलाई २५ रनले पराजित गरेको हो ।
नेपालले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४७.४ ओभरमा सबै विकेट गुमाएर १ सय ६४ रनमा समेटियो । राम्रो शुरुवात गरेको अफगानिस्तानका लागि इज्जा अहमदले ५७ रनको अर्धशतकीय इनिङ्स खेलेपनि अन्य ब्याट्सम्यानले नेपालको कसिलो बलिङमा राम्रो प्रदर्शन गर्न नसक्दा पराजित हुन पुग्यो ।
अफगानिस्तानलाई सस्तैमा समेट्न सागर ढकालले उत्कृष्ट बलिङ गरे । १० ओभर बलिङ गरेका उनले ३ ओभर मेडन राखेर मात्र २९ रन खर्चिदै ४ विकेट लिए । कमलसिंह ऐरी र राशिद खानले समान समान २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ८९ रनको सम्मानजनक योगफल तयार पारेको थियो ।
नेपालका लागि पवन सर्राफले अविजित ७८ रनको इनिङ्स खेले । ५४ रन बनाउँदा ४ विकेट गुमाएको अवस्थामा नेपालको इनिङ्स पवनले समहालेका थिए । सातौ नम्बरमा आएका पवनले उत्कृष्ट ब्याटिङ गर्दै ९६ बलमा १० चौका र १ छक्का प्रहार गर्दै ७८ रन बनाए । सुन्दीप जोराले २८ र राशिद खानले २४ रन बनाए ।
अफगानिस्तानका लागि नविद कविरले ३ विकेट लिए । सिरिजमा भारतको ‘ए’ र ‘बी’, नेपाल र अफगानिस्तानका चार टोलीले प्रतिस्पर्धा गरेका थिए । यो प्रतियोगिता आगामी सेप्टेम्बर २९ देखि बंगलादेशमा हुने यू–१९ एसिया कपको तयारीको रुपमा हेरिएको छ ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गर्दै मधेश प्रदेश प्रहरी कार्यालयले प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मधेशले शनिवारको भएको फाइनलमा लुम्बिनीलाई १४ रनले पराजित गर्दै उपाधि जितेको हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो । लुम्बिनीका […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]