7 years ago
September 16, 2018
दुवईं (एजेन्सी) – एसिया कप क्रिकेटमा बंगलादेशले विजयी शुरुवात गरेको छ । युनाइटेड अरब इमिरेट्स (युएईं) स्थित दुवईं अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार राति भएको उद्घाटन खेलमा बंगलादेशले श्रीलंकालाई १ सय ३७ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
बंगलादेशले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको श्रीलंका ३५ ओभर २ बलमा अलआउट हुँदै १ सय २४ रनमात्र बनाउन सकेपछि बंगलादेशले फराकिलो जित निकालेको हो । श्रीलंकाका लागि दिलरुवान परेराले २९ रन बनाए । उपल थारंगाले २७ रन जोडे ।
सुरंगा लक्मलले २० रन जोडेपनि अन्य ब्याट्सम्याले बंगलादेशको कसिलो बलिङसामु उल्लेख्य रन जोड्न सकेन । कप्तान एन्जेलो म्याथ्यु १६, कुशल परेराले ११ रन बनाए । बंगलादेशका मुस्ताफिजुर रहमान, हसन मिराज र माश्रफ मोर्टाजाले समान २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४९ ओभर ३ बलमा अलआउट हुँदै २ सय ६१ रन जोडेको थियो । बंगलादेशका मुसाफिकर रहिमले शतकीय इनिङस खेले । रहिमले १५० बलमा १४४ रन जोडे । यस्तै मोहमद मिथुनले ६३ रनको अर्धशतकीय इनिङस खेले । महिदे हसन १५, मार्साफी मोर्टाजा ११ र मुस्ताफिजुर रहमान १० रन जोडे ।
श्रीलंकाका लाथिस मालिंगाले ४ विकेट लिए । धनन्जय डी सिल्भाले २ विकेट लिए । जितसंगै समूह ’बी’ मा रहेको बंगलादेशले २ अंक जोडेको छ ।
एसिया कपमा आज समूह ‘ए’ को हङकङ र पाकिस्तानबीच खेल हुनेछ । खेल साँझ ५ः१५ बजेपछि दुवईमा शुरु हुनेछ । एसिया कपमा ६ राष्ट्रको सहभागिता छ । समूह ‘ए’ मा भारत, पाकिस्तानसँगै हङकङ रहँदा समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान रहेका छन् ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गर्दै मधेश प्रदेश प्रहरी कार्यालयले प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मधेशले शनिवारको भएको फाइनलमा लुम्बिनीलाई १४ रनले पराजित गर्दै उपाधि जितेको हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो । लुम्बिनीका […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]