7 years ago
September 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टिममा महत्वपूर्ण सदस्य करण केसी र गन्डकी प्रदेशका युवा क्रिकेटर हरिबहादुर चौहानलाई नेपाली क्रिकेट समर्थक समाजले शनिबार सम्मान गरेको छ ।
नेपाल क्रिकेट समर्थक समाज (एनसिएसएस) ले आफ्ना स्वर्गीय सदस्य प्रमोद बज्राचार्यको स्मृतिमा करणलाई नगद १ लाखसहित विशेष सम्मान र हरि चौहानलाई २५ हजारसहित इमर्जिङ खेलाडीको रुपमा राष्ट्रिय सेवा सम्मानबाट सम्मानित गरेको हो ।
करणलाई एनसिएसएसका अध्यक्ष भानु सिग्देल, नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव प्रकाश तिमल्सिना, स्वर्गीय प्रमोदकी दिदी सन्जु बज्राचार्यले सम्मानित गरे । सोही अवसरमा एनसिएसएसले आफ्नो भोल्युन्टर सदस्य महेन्द्र गुरुङलाई प्रशंसा पत्रले सम्मानित गरेको छ ।
डिभिजन–२ मा क्यानडाविरुद्धको खेलमा खेलमा १ विकेटको सनसनीपूर्ण जित निकाल्दा करणले विस्फोटक ब्याटिङ प्रदर्शन गरेका थिए । यस्तै गन्डकी प्रदेशका हरि चौहानले काठमाडौंमा भएको प्रधानमन्त्री कपमा एक खेलमा शतकसहित ह्याट्रिक विकेट लिन सफल भएका थिए ।
नेपाल क्रिकेट समर्थक समाजका अध्यक्ष भानु सिग्देलले यो राष्ट्रिय सेवा सम्मान निरन्तर गर्दै जाने बताए ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गर्दै मधेश प्रदेश प्रहरी कार्यालयले प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मधेशले शनिवारको भएको फाइनलमा लुम्बिनीलाई १४ रनले पराजित गर्दै उपाधि जितेको हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो । लुम्बिनीका […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]