default_image

7 years ago

September 14, 2018

एक दिवसीय सिरिजमा नेपालको लगातार दोस्रो हार

78 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यु–१९ टिमले भारतको लखनउमा जारी चार टोलीबीचको एक दिवसीय सिरिजमा लगातार दोस्रो पराजय बेहोरेको छ । नेपाल भारतको यु–१९ को ‘ए’ टिमसँग ८ विकेटले पराजित भएको हो । त्यसअघि नेपाल ‘बी’ टिमसँग ४० रनले पराजित भएको थियो ।

लखनउस्थित नवनिर्मित एकना अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले दिएको १ सय ५७ रनको लक्ष्य भारतले २४ ओभर १ बलमा २ विकेट गुमाएर पूरा ग¥यो । भारतका वाई भी राठोरको अविजित ४९ रन बनाए । कप्तान अनुज रावतको ४७ रन जोड्दा प्रभसिमरन सिंह ४६ रनमा नटआउट रहे । नेपालका कमल सिंह ऐरी र पवन सर्राफले समान १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४५.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय ५६ रनको मध्यम योगफल तयार पारेको थियो । कमजोर शुरुवात गरेको नेपालले पहिलो ३ विकेट गुमाउदा २३ रनमात्रै बनाएको थियो । तृतराज दासले ४६ रन तथा सन्दिप जोराले ६६ रन बनाउदै इनिङ्स उकासेका थिए । उनीहरुको साझेदारी टुटेपछि नेपालले राम्रो प्रदर्शन गर्न सकेन । भारतका वाईडी मंगवानी र अजय गौडले समान ४ विकेट लिए ।

लगातार दोस्रो जित निकालेको भारत यु–१९ ‘ए’ ६ अंकसहित शीर्ष स्थानमा छ । नेपाल अंकविहीन छ । नेपालले अब अन्तिम खेलमा आइतबार अफगानिस्तानसँग खेल्नेछ ।

March 15, 2025

थन्डर ११ इन्डो- नेपाल टि ट्वान्टीको फाइनलमा

हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २‌ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]

March 15, 2025

मधेशलाई आइजिपी कप क्रिकेट उपाधि

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गर्दै मधेश प्रदेश प्रहरी कार्यालयले प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मधेशले शनिवारको‌ भएको फाइनलमा लुम्बिनीलाई १४ रनले पराजित गर्दै उपाधि जितेको हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो । लुम्बिनीका […]

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

Success

Thank you for your time.