7 years ago
September 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यु–१९ क्रिकेट टिमले भारतको लखनउमा जारी चार टोलीबीचको एक दिवसीय क्रिकेट सिरिज अन्र्तगतको दोस्रो खेलमा आज भारतको यु–१९ को ‘ए’ टिमसँग प्रतिस्पर्धा गर्दैछ ।
लखनउमा हुने खेल नेपाली समयअनुसार अहिले विहान ९ः१५ बजेपछि शुरु हुनेछ । पहिलो खेलमा भारतको ‘बी’ टिमसँग ४० रनले पराजित भएको नेपाली टोली पहिलो जितको लक्ष्यसहित मैदान उत्रनेछ ।
भारतविरुद्धको दोस्रो खेललाई नेपाली टोलीले युथ एसिया कपको जितलाई निरन्तरता दिने प्रयासमा हुनेछ । नेपालले गत बर्षको नोभेम्बरमा भएको युथ एसिया कपमा भारतलाई १९ रनले हराएर सनसनी मच्चाएको थियो ।
अफगानिस्तानको यू–१९ टोलीलाई १ सय ४० रनले पराजित गरेको भारतको यु–१९ ‘ए’ टोली लगातार दोस्रो जितको खोजीमा हुनेछ ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को अयोजनामा जारी सिरिजमा भारतको दुई तथा नेपाल र अफगानिस्तानका यु–१९ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गर्दै मधेश प्रदेश प्रहरी कार्यालयले प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मधेशले शनिवारको भएको फाइनलमा लुम्बिनीलाई १४ रनले पराजित गर्दै उपाधि जितेको हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो । लुम्बिनीका […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]