default_image

7 years ago

September 10, 2018

एपीएलमा पारस र सोमपाल छनोट भएनन्

64 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र तीव्र गतिका बलर सोमपाल कामी अफगानिस्तान प्रिमियर लिग (एपीएल)को खेलाडी ड्राफ्टमा छनोट हुन सकेनन् ।

पाँच टोली सहभागी लिगमा पक्तिया, काबुल, नङरहार, बल्ख र कान्दाहारले प्रतिस्पर्धा गर्नेछन् । सोमबार भएको ड्राफ्टमा स्पिनर सन्दीप लामिछानेलाई भने नङराहारले छनोट गरेको हो । प्रतियोगिताको नियमानुसार कम्तिमा १ एसोसियट खेलाडी प्रत्यक टोलीले राख्नुपर्ने प्रावधान थियो । पारस र सन्दीप कुनैपनि टोलीले छनोट नगर्दा प्रतियोगितामा सहभागी हुने छैनन् । अक्टोबरमा हुने यस प्रतियोगिताको सम्पूर्ण खेल यूएईस्थित शारजाह मैदानमा हुनेछ ।

एसोसियटमा बल्खले नेदरल्यान्ड्सका रायन टेन डोस्काटेलाई टोलीमा राख्यो । यूएईका मोहमद नविद कान्दाहारबाट खेल्नेछन् भने मोहमद होतक काबुलमा छन् । स्कटल्यान्डका क्यलम मक्लोइडलाई पक्तियाले छनोट गरेको हो ।

यो पनि पढ्नुहोस्:

सन्दीपले एपीएलमा नङराहारबाट खेल्ने

March 15, 2025

थन्डर ११ इन्डो- नेपाल टि ट्वान्टीको फाइनलमा

हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २‌ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]

March 15, 2025

मधेशलाई आइजिपी कप क्रिकेट उपाधि

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गर्दै मधेश प्रदेश प्रहरी कार्यालयले प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मधेशले शनिवारको‌ भएको फाइनलमा लुम्बिनीलाई १४ रनले पराजित गर्दै उपाधि जितेको हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो । लुम्बिनीका […]

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

Success

Thank you for your time.