7 years ago
September 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एकदिवसीय क्रिकेट शृंखला खेल्न नेपाली यु–१९ टोली आज भारतको लखनउ प्रस्थान गरेको छ । नेपाली यु–१९ टोली सोमबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको लखनउ प्रस्थान गरेको हो ।
१५ सदस्यीय खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक र टिम म्यानेजर गरी १८ सदस्यीय टोली भारत प्रस्थान गरेको हो । भारतीय क्रिकेट बोर्ड बीसीसीआईको निमन्त्रणामा हुन लागेको शृंखलामा नेपालले भारतका दुई टोलीसहित अफगानिस्तानसँग खेल्नेछन् । नेपालले बुधबार भारतको यु–१९ को बी टिमसँग खेल्नेछ । बिहिबार भारतको ‘ए’ टिम तथा आइतबार अफगानिस्तानसँग खेल्नेछ ।
यो प्रतियोगिता आगामी सेप्टेम्बर २९ देखि बंगलादेशमा हुने यू–१९ एसिया कपको तयारीको रुपमा हेरिएको छ ।
नेपाली टोली
आसिफ शेख (कप्तान), तृतराज दास, रवी शाह, विपिन रावल, लोकेश बम, रित गौतम, पवन सर्राफ, किशोर महतो, रसिद खान, भीम शार्की, कमलसिंह ऐरी, सन्दीप जोरा, सागर ढकाल, अरुण ऐरी, सम्साद आलम
मुख्य प्रशिक्षकः विनोद दास, सहायक प्रशिक्षकः मनोज कुटुवाल र टिम म्यानेजरमा शक्ति प्रसाद गौचन रहेका छन् ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गर्दै मधेश प्रदेश प्रहरी कार्यालयले प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मधेशले शनिवारको भएको फाइनलमा लुम्बिनीलाई १४ रनले पराजित गर्दै उपाधि जितेको हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो । लुम्बिनीका […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]