7 years ago
September 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – चितवन टाइगर्सले टिभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेट प्रतियोगिताका लागि टिममा दुई विदेशी खेलाडी अनुबन्ध गरेको छ ।
चितवन टाइगर्सले इंग्ल्यान्डका प्रतिभाशाली युवा खेलाडी म्याक्स होल्डेन र न्युजिल्यान्डका जेम्स फुलरलाई आइतबार क्लबमा अनुबन्ध गरेको हो । इंग्ल्यान्ड यू–१९ टोलीका पूर्व कप्तान १८ वर्षे होल्डेन ब्याटिङ अलराउन्डर र मिडलसेक्सका २८ वर्षे फुलर बलिङ अलराउन्डर हुन् ।
मिडल्सेक्सबाटै काउन्टी क्रिकेट खेल्दै आएका होल्डेनको ट्वान्टी–२० मा स्ट्राइक रेट १ सय ३७ माथि रहेको छ । ४४ प्रथम श्रेणीको म्याच खेलिसकेका फुलरले ट्वान्टी–२० मा ७६ म्याच खेल्नेक्रममा झन्डै १ सय ५० को स्ट्राइक रेटमा रन बनाउनुका साथै ९४ विकेट लिएका छन् ।
टिमलाई राम्रो बनाउन राम्रै खेलाडी लिने प्रयासमा दुई प्रतिभाशाली इंग्लिस खेलाडी लिएका छौं । यसले टिमलाई नया उर्जा दिन्छ भन्ने विश्वास हाम्रो टिमको छ । तेस्रो विदेशी खेलाडीको पनि छिट्टै टुंगो लगाउने छौं । दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेको चितवन टाइगर्समा पृथु बाँस्कोटा, अनिल मण्डल, दीलिप नाथ, सन्दीप सुनार, भिम सार्की, ललितसिंह भण्डारी, कमलसिंह ऐरी, शाहव आलम लगायत खेलाडी छन् ।
दोस्रो संस्करणको इपीएल नोभेम्बरको तेस्रो सातामा हुने कार्यक्रम रहेको छ ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गर्दै मधेश प्रदेश प्रहरी कार्यालयले प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मधेशले शनिवारको भएको फाइनलमा लुम्बिनीलाई १४ रनले पराजित गर्दै उपाधि जितेको हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो । लुम्बिनीका […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]