7 years ago
September 14, 2018
लन्डन (एजेन्सी) – भारतीय क्रिकेटका लेजेण्ड सचिन तेन्दुलकरले विश्व क्रिकेटबाट बिदा लिएको ५ वर्ष भइसकेको छ । त्यसयता वर्तमान क्रिकेटमा रहेका ३ खेलाडीको उनको रेकर्ड तोड्न सक्ने आंकलन गरिंदै आएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेटबाट सचिनको सन्यासपछि दक्षिण अफ्रीकाका ज्याक क्यालिसले सचिनको रेकर्ड तोड्न सक्ने सम्भाव्य खेलाडीको रुपमा हेरिएको थियो । तर उनले पनि सचिनले छाडेपछि लामो समय क्रिकेट खेल्न सकेनन् । दक्षिण अफ्रिकाका स्टार सचिनभन्दा रनको मामलामा २७०० रन पछि थिए भने उनको नाममा सचिनको भन्दा ६ शतक कम रहेको थियो ।
सचिनको रेकर्ड तोड्न सक्ने अर्का खेलाडीको रुपमा श्रीलंकाका कुमार संगाकारालाई पनि हेरिएको थियो । सन् २०१२ को बक्सिंग डे टेस्टमा उनले आफ्नो करियरको १० हजार रन पुरा गरेका थिए । सचिनले सन्यास लिने समयमा संगाकारा सचिनभन्दा ५ हजार ४ सय ३५ रन पछि रहेका थिए । उनी सो समय उत्कृस्ट लयमा रहेपनि उनले सन् २०१५ को एक दिवसीय विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिए ।
इंग्ल्याण्डमा जति नै लोकप्रिय र महान् खेलाडी भएपनि एक-दुई पटकको निराशाजनक प्रदर्शनपछि खेलाडीलाई टोलीबाट निकाल्ने संस्कृति रहेको छ । तर त्यस्तो संस्कृतिका बीच समेत १२ हजार रन बनाउनुमा नै एलेस्टर कुकको महानता झल्किन्छ । कुक, सचिन र क्यालिस जस्तो टेक्निकल ब्याट्सम्यान नभएपनि उनको रन प्रतिको भोकले उनलाई महान् बनायो । सन् २०१६ मा कुकले ३१ बर्षको उमेरमा १० हजार रन पुरा गरेका थिए । तर सन् २०१६ मा भारतविरुद्ध ४-० ले सिरिज हारेपछि उनको खराब समय सुरु भयो । उनको कप्तानीमाथि प्रश्न चिन्ह उठ्न थालेपछि कप्तानीबाट पछि हट्नुको विकल्प रहेन ।
उनले भारतको सो भ्रमणपछि दुई दोहोरो शतक जोड्न बाहेक खासै उल्लेख्य प्रदर्शन गर्न सकेनन् । कप्तानीबाट आफू पछि हटेपछि उनले मात्र ३३ को औसतमा रन बनाउन सके । उनीसंग सचिनको रेकर्ड तोड्नका लागि उमेर पर्याप्त थियो तर आफ्नो ओरालो लागेको प्रदर्शनका कारण उनले सन्यासको घोषणा गरे । लयमा रहेको अवस्थालाई निरन्तरता दिएको भए कुकले सचिनको टेस्टमा सर्वाधिक रन जोड्ने कीर्तिमानलाई चुनौती दिन सक्थे । तर कुकले इंग्ल्यान्ड क्रिकेटबाट सन्न्यास लिने निर्णय उचित ठान्दै त्यसलाई निरन्तरता दिए ।
करिअर तथ्यांक:
सचिन तेन्दुलकर : २ सय खेल, ३ सय २९ इनिङ, १५ हजार ९ सय २१ रन, शतक ५१, अर्धशतक ६८
रिकी पोन्टिङ : १ सय ६८ खेल, २ सय ८७ इनिङ, १३ हजार ३ सय ७८ रन, शतक ४१, अर्धशतक ६२
ज्याक कालीस: १ सय ६६ खेल, २ सय ८० इनिङ, १३ हजार २ सय ८९ रन, शतक ४५, अर्धशतक ५८
राहुल द्रविड : १ सय ६४ खेल, २ सय ८६ इनिङ, १३ हजार २ सय ८८ रन, शतक ३६, अर्धशतक ६३
एलेस्टर कुक : १ सय ६१ खेल, २ सय ९१ इनिङ, १२ हजार ४ सय ७२ रन, शतक ३३, अर्धशतक ५७
कुमार संगकारा : १ सय ३४ खेल, २ सय ३३ इनिङ, १२ हजार ४ सय रन, शतक ३८, अर्धशतक५२
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गर्दै मधेश प्रदेश प्रहरी कार्यालयले प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मधेशले शनिवारको भएको फाइनलमा लुम्बिनीलाई १४ रनले पराजित गर्दै उपाधि जितेको हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो । लुम्बिनीका […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]