9 years ago
February 25, 2016
काठमाडौं, फागुन १३
प्रथम रुस्लान कप टी–२० क्रिकेट प्रतियोगिता शनिबारबाट हुने भएको छ ।काठमाडौं क्रिकेट टे«निङ सेन्टरको आयोजनामा शनिबारबाट २२ गतेसम्म चल्ने प्रतियोगितामा १६ टिमको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गरायो ।
दुई समूहमा विभाजन गरिएको नकआउटका आधारमा हुने प्रतियोगितामा दुवै समूहबाट शीर्ष चार टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछ ।
प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख रुपैया पुरस्कार प्राप्त गर्नेछन् । विधागत तर्फका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
आयोजक काठमाडौं, क्रिकेट एकेडेमीका अध्यक्ष तथा राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले रुस्लानको सहकार्यले प्रतियोगिता आयोजना गर्न सहज भएको बताए । प्रतियोगिताको लागि करिव १० लाख खर्च हुने अनुमान गरिएको छ ।
प्रतियोगिताका सबै खेलहरु किर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
नेपाल आर्मी, सशस्त्र प्रहरीको एपिएफ, नेपाल प्रहरी, आयोजक रुस्लान क्रिकेट क्लब, ग्रेट हिमालय क्रिकेट एकेडेमी, हिमालयन क्रिकेट एकेडेमी, जि फोर्स क्रिकेट एकेडेमी, टिसी फाइटर, एसएस इभेन्ट, क्यानोन क्रिकेट क्लब, लर्डबुद्ध क्रिकेट एकेडेमी, पुल्चोक इन्जिनियरिङ रहेको छ । यस्तै मोफसलका विराटनगरको विराट क्रिकेट सोसाइटी, न्यू होराइजन बुटवल, नक्षत्र क्रिकेट क्लब नुवाकोट र मकवानपुर क्रिकेट एकेडेमीको पनि प्रतियोगितामा सहभागिता रहेको छ ।
May 15, 2025
एजेन्सी – इंग्ल्यान्डका जोस बटलरले गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा छनोट भएमा ती खेलहरु गुमाउने भएका छन्। बटलर वेस्ट इन्डिजविरुद् इंग्ल्याण्डको एकदिवसीय र टि ट्वान्टी सिरिजका लागि टोलीमा समेटिएपछि उनले आइपिएलका खेल गुमाउने भएका हुन्। विभिन्न टोलीबाट हाल आइपिएल खेलिरहेका ५ इंग्लिस खेलाडी मध्ये पूर्व कप्तान बटलर एक हुन् । भारत र […]
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत हङकङ र बहराइनबीच अन्तिम लिग खेल वर्षका कारण पूरा हुन नसके नेपाल सुपर थ्री मा प्रवेश गर्ने भएको छ । विहीबारको खेलमा बहराइनलाई ६ विकेटले हराएसँगै नेपालको सुपर थ्री मा पुग्ने सम्भावना जीवित भएको थियो । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको […]
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनमाथि ६ विकेटको जित दर्ता गरेको छ । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो । कप्तान इन्दुले ७ बलमा २४ रन प्रहार गरेपछि नेपालले लक्ष्य प्राप्त गरेको हो । उनले ४ चौका र १ छक्का प्रहार गरिन् । पुजा […]