7 years ago
September 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ट्वान्टी–ट्वान्टी विश्वकपको एसियाली छनोटको खेल तालिका सार्वजनिक भएको छ । सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने सातौं संस्करणको टि ट्वान्टी विश्वकपको छनोटमा नेपालले पूर्वी छनोट खेल्दैछ । उक्त समूहमा नेपालसहित मलेसिया, भुटान, म्यानमार, चीन, सिंगापुर, र थाइल्याण्ड छन् ।
छनोटबाट शीर्ष ३ टोली छनोटको अर्को चरणमा प्रवेश गनेछन् । एसियाली छनोटको समूह ए (पश्चिम) बाट युएई, कुवेत र कतार छनोट भैसकेका छन् । एसिया ‘पूर्वी’ छनोट मलेसियामा ३ अक्टोबरबाट सुरु हुनेछ । छनोटमा सबैले एकअर्कासँग खेल्नुपर्नेछ । पूर्व र पश्चिम दुवैबाट छनोट हुने दुइ टोलीबीच पुन: विश्वकप छनोट हुनेछ ।
त्यसका शीर्ष टोली टि-ट्वान्टीका लागि छनोट हुनेछन् । उक्त छनोट डिसेम्बर ११ देखि १६ सम्म आयोजना हुनेछ । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीका ६२ सदस्य राष्ट्रले छनोट प्रतियोगितामा भाग लिनेछन् । लामो क्षेत्रिय छनौट पार गरेर शीर्ष ७ टोलीले छनौट प्रतियोगिता खेल्नेछन् ।
छनोटमा नेपालको खेल
अक्टोबर ३ विरुद्ध म्यानमार
अक्टोबर ६ विरुद्ध मलेसिया
अक्टोर ७ विरुद्ध थाइल्याण्ड
अक्टोबर ९ विरुद्ध भुटान
अक्टोबर १० विरुद्ध चीन
अक्टोबर १२ विरुद्ध सिंगापुर
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गर्दै मधेश प्रदेश प्रहरी कार्यालयले प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मधेशले शनिवारको भएको फाइनलमा लुम्बिनीलाई १४ रनले पराजित गर्दै उपाधि जितेको हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो । लुम्बिनीका […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]