6 years ago
September 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – यसै महिना भारतको लखनाउमा हुने यू-१९ मैत्रीपूर्ण प्रतियोगिताका लागि नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । आगामी सेप्टेम्बर २९ देखि बंगलादेशमा हुने यू-१९ एसिया कपका लागि यो प्रतियोगिता तयारीको रुपमा रहेको छ । आसिफ शेखको कप्तानीमा रहेको टोलीमा १५ सदस्य रहेका छन् ।
मैत्रीपूर्ण प्रतियोगितामा ४ टोलीको सहभागिता रहनेछ । आयोजक भारत, अफगानिस्तान र नेपालको यू-१९ टोलीसँगै भारतको नेसनल क्रिकेट एकेडेमी (एनसीए) को टोलीले पनि यस प्रतियोगितामा सहभागिता जनाउनेछ । अफगानिस्तान यू-१९ एसिया कपको पछिल्लो संस्करणको विजेता हो । पाकिस्तानलाई फाइनलमा पराजित गर्दै अफगानिस्तानले उपाधि जितेको थियो ।
मलेसियामा भएको उक्त प्रतियोगितामा नेपाल सेमिफाइनलमा अफगानिस्तानसँग पराजित हुँदै घर फर्केको थियो । यद्यपी नेपालले त्यसबेला समूह चरणमा भारतलाई हराउँदै साविक विजेता भारतको यात्रा समूह चरणमा नै अन्त्य गरेको थियो । यसपटक पनि टोली कम्तिमा सेमिफाइनल पुग्ने लक्ष्यसहित बंगलादेश प्रस्थान गर्नेछ । यस मैत्रीपूर्ण प्रतियोगिताले टोलीको तयारीमा थप सहयोग पुगेको छ ।
एसिया कपको समूहमा नेपालसँगै साविक विजेता अफगानिस्तान, भारत र युएई रहेका छन् । अर्को समूहमा पाकिस्तान, श्रीलंका, आयोजक बंगलादेश र हङकङ रहेका छन् । नेपाल रहेको समूहको सम्पूर्ण खेल कक्स बजारस्थित शेख कमल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।
नेपाली टोलीमा पछिल्लोपटक यू-१९ एसिया कप खेलेका ६ खेलाडी रहेका छन् । यसबाहेक अन्य खेलाडी यू-१६ उमेर समूह र घरेलु लिगहरुमा सहभागिता जनाइसकेका छन् । टोलीको छनोट चार सदस्यीय समितिले गरेको हो । छनोट समितिमा आइसीसी प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक विनोद दास, सुनोज भट्टराई र राजु खड्का छन् ।
नेपाली टोली :
आसिफ शेख (कप्तान), तृतराज दास, रवी शाह, विपिन रावल, लोकेश बम, रित गौतम, पवन सर्राफ, किशोर महतो, रसिद खान, भीम शार्की, कमलसिंह ऐरी, सन्दीप जोरा, सागर ढकाल, अरुण ऐरी, सम्साद आलम
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]
March 6, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]
March 5, 2025
एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]