7 years ago
September 6, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी एसिया कप छनोट खेल खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली भोलि (शुक्रबार) स्वदेश फर्कने भएको छ ।
नेपाली क्रिकेट टोली मालिन्डो एयरलाइन्सबाट शुक्रबार अपरान्ह १२ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने नेपाली क्रिकेट टिमका म्यानेजर तथा टेक्निकल एनलिष्ट रमन शिवाकोटीले जनाएका छन् । नेपाली टिमसँगै सन्दीप लामिछाने पनि स्वदेश फर्कनेछन् ।
एसिया कप खेल्ने योजनासहित मलेसिया पुगेको नेपालको प्रदर्शन सम्झनयोग्य बनेन । नेपालले दुई खेलमा जित हात पार्दा तीन खेलमा हार बेहोरेको थियो ।
युएईं र हङकङ फाइनलमा प्रवेश गरेका छन् । आज हुने फाइनल खेलको विजेताले एसिया कपमा स्थान बनाउनेछ । विजेता भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा पर्नेछ ।
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]