default_image

7 years ago

September 4, 2018

एसिया कप छनोट : नेपाल हङकङसँग ३ विकेटले पराजित

124 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी एसिया कप छनोटको अन्तिम खेलमा हङकङसँग ३ विकेटले पराजित हुँदै नेपाल लिग चरणबाटै बाहिरिएको छ । नेपालले प्रस्तुत गरेको ९६ रनको लक्ष्य हङकङले ७ विकेट गुमाउँदै ३३ औं ओभरमा पूरा गरेको हो ।

हङकङका लागि अंशुमन रथले अर्धशतक प्रहार गरे । उनले ८२ बलमा ३ चौका र १ छक्कासहित ५२ रन प्रहार गरे । किञ्चित शाहले ११ रनको योगदान दिए । जेम्स कार्टर ८, बाबर हायात २ र निजाकत खान २ रनमा आउट भएका थिए । नेपालका लागि सन्दीप लामिछानेले ५ तथा सागर पुन र वसन्त रेग्मीले १-१ विकेट लिए ।

त्यसअघि युकेएम ओभलमा नेपालले खराब ब्याटिङ प्रदर्शन ३७ ओभर ५ बलमा सबै विकेट गुमाएर ९५ रनमात्र बनाउन सक्यो । नेपालका लागि मोहम्मद आरिफ शेखले सर्वाधिक रन बनाए । अनिल कुमार साह र बसन्त रेग्मीले समान १५ रन बनाए । पारस खड्का १४, ज्ञानेन्द्र मल्ल १२ रनमा आउट भए । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेन ।

हङकङका इसान खानले ४ विकेट लिए । तनविर अफजल र मोहम्मद अजिज खानले समान २ सवकेट लिए । इसन नवाज र नदिम अहमेदले समान १ विकेट लिए । यस पराजयसँगै नेपालले एसिया कप छनोटको यात्रा लिग चरणमै टुंग्याएको छ । नेपालले खेलेका पाँच मध्ये मलेसिया र सिंगापुरलाई मात्र हराउन सक्यो ।

March 15, 2025

थन्डर ११ इन्डो- नेपाल टि ट्वान्टीको फाइनलमा

हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २‌ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]

March 15, 2025

मधेशलाई आइजिपी कप क्रिकेट उपाधि

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गर्दै मधेश प्रदेश प्रहरी कार्यालयले प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मधेशले शनिवारको‌ भएको फाइनलमा लुम्बिनीलाई १४ रनले पराजित गर्दै उपाधि जितेको हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो । लुम्बिनीका […]

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

Success

Thank you for your time.