7 years ago
September 4, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसिया कप छनोट अन्तर्गत लिग चरणको अन्तिम खेलमा हङकङविरुद्ध टस जितेर ब्याटिङ रोजेको नेपालले निकै खराब प्रदर्शन गरेको छ । नेपालले ३८ औं ओभरमा सबै विकेट गुमाउनुअघि ९५ रन मात्र जोड्न सक्यो ।
नेपालले इनिङसको पहिलो बलमा नै ओपनर सुवास खकुरेललाई गुमाएको थियो । उनी तनवीर अफजलको बलमा बोल्ड भए । त्यसपछि क्रिजमा आएका कप्तान पारस खड्काले केहि आशा जगाएपनि उनी १४ रन जोड्दै विकेटकिपरको हातबाट समातिए ।
अर्का ओपनर अनिल शाह पनि १५ रन जोड्दै पेभेलियन फर्किए । मध्यक्रममा ज्ञानेन्द्र मल्ल १२ रनमा कट बिहाइन्ड भए । दीपेन्द्रसिंह ऐरीले २ तथा सागर पुनले ७ रनमात्र जोड्न सके । सोमपाल कामीले खाता खोल्न सकेनन् । नेपाली खेलाडीलाई तीव्र गतिका बलरहरुले खेलको सुरुआत देखिनै समस्या दिएका थिए ।
आरिफ शेखले तल्लोक्रमका खेलाडीसँग साझेदारी गर्दै १८ रन जोडे । वसन्त रेग्मीले पनि २ चौकाको मदतले नटआउट १५ रन बनाए । सन्दीप लामिछानेले २ र ललित नारायण राजवंशी शून्यमना आउट भए । हङकङका एहसान खानले ४ विकेट लिँदा तनवीर अफजल र मोहमद एजाज खानले २-२ विकेट लिए ।
फाइनलमा स्थान बनाउन नेपालले यस खेलमा फराकिलो अन्तरको जितसँगै अर्को खेलमा ओमनले यूएईलाई पराजित गर्नुपर्ने अवस्था छ । यूएई आफैं पनि अर्को चरणमा पुग्न जित चाहिएको अवस्थामा नेपाललाई फाइनल पुग्न निकै कठिन देखिन्छ । हङकङ पनि जित दर्ता गरे अर्को चरणमा पुग्नेछ । शीर्ष ४ टोलीको नै दोस्रो चरण पुग्ने सम्भावना जीवित रहेकाले लिग चरणको अन्तिम खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
नेपालले प्रतियोगिताको सुरुआती दुई खेल गुमाएपछि प्रतियोगिताको फाइनल पुग्ने आशा पातलिएको थियो । यूएई र ओमानलाई नतिजा सुम्पिएको नेपालले त्यसपछि भने मलेसिया र सिंगापुरलाई हराएको हो ।
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]