7 years ago
September 4, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसिया कप छनोटको अन्तिम लिग खेलमा नेपालले हङकङको सामना गर्दैछ । फाइनलमा स्थान बनाउन नेपालले यस खेलमा फराकिलो अन्तरको जितसँगै अर्को खेलमा ओमनले यूएईलाई पराजित गर्नुपर्ने अवस्था छ ।
यूएई आफैं पनि अर्को चरणमा पुग्न जित चाहिएको अवस्थामा नेपाललाई फाइनल पुग्न निकै कठिन देखिन्छ । हङकङ पनि जित दर्ता गरे अर्को चरणमा पुग्नेछ । शीर्ष ४ टोलीको नै दोस्रो चरण पुग्ने सम्भावना जीवित रहेकाले लिग चरणको अन्तिम खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
नेपालले टस जितेर ब्याटिङ रोजेको छ । ओमानले यूएईविरुद्ध पहिलो ब्याटिङ गरिरहेको छ । यस खेलको नतिजाले पनि नेपालको भाग्य निर्धारण गर्नेछ । यूएई विजयी भएको खण्डमा नेपालको सम्भावना समाप्त हुनेछ ।
नेपालले प्रतियोगिताको सुरुआती दुई खेल गुमाएपछि प्रतियोगिताको फाइनल पुग्ने आशा पातलिएको थियो । यूएई र ओमानलाई नतिजा सुम्पिएको नेपालले त्यसपछि भने मलेसिया र सिंगापुरलाई हराएको हो । हङकङविरुद्ध फराकिलो जित हात पार्दै रनरेट सुधार्न सके नेपाल अगाडी बढ्ने सम्भावना रहेको छ ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]