9 years ago
February 23, 2016
आरजे स्पोर्टसले धनगढी क्रिकेट एकेडेमी (डिसिए) को क्रिकेट टोलीलाई जर्सी प्रायोजन गरेको छ । आरजे स्पोर्टस्का प्रबन्ध निर्देशक जनक न्यौपानेले डिसिएका अध्यक्ष सुवास शाहीलाई जर्सी हस्तान्तर गरेका थिए ।
नेपाल क्रिकेट स्कुलसाग हुने मैत्रीपूर्ण खेलका दौरान डिसिए टोलीले आरजेले प्रायोजन गरेको जर्सी प्रयोग गर्नेछन् । डिसिए र क्रिकेट स्कुलबीच एउटा दुई दिवसीय, ३/३ वटा एक दिवसिय र ट्वान्टी–२० क्रिकेट हुनेछ । मैत्रीपूर्ण श्रृखंलाका लागि क्रिकेट स्कुल टोली धनगढी पुगिसकेको छ ।
डिसिएका अध्यक्ष शाहीले आरजेसागको सहकार्यले उत्साहित बनाएको र आउने दिनमा पनि यसले निरन्तरता पाउने विश्वास व्यक्त गरेका छन् । आरजेले नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्ड, फोटो पत्रकार क्लबले आयोजना गर्ने स्पोर्टस फोटो अवार्डलगायत अन्य खेलकुद संघ संस्थालाई सहयोग गर्दै आएको छ।
May 15, 2025
एजेन्सी – इंग्ल्यान्डका जोस बटलरले गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा छनोट भएमा ती खेलहरु गुमाउने भएका छन्। बटलर वेस्ट इन्डिजविरुद् इंग्ल्याण्डको एकदिवसीय र टि ट्वान्टी सिरिजका लागि टोलीमा समेटिएपछि उनले आइपिएलका खेल गुमाउने भएका हुन्। विभिन्न टोलीबाट हाल आइपिएल खेलिरहेका ५ इंग्लिस खेलाडी मध्ये पूर्व कप्तान बटलर एक हुन् । भारत र […]
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत हङकङ र बहराइनबीच अन्तिम लिग खेल वर्षका कारण पूरा हुन नसके नेपाल सुपर थ्री मा प्रवेश गर्ने भएको छ । विहीबारको खेलमा बहराइनलाई ६ विकेटले हराएसँगै नेपालको सुपर थ्री मा पुग्ने सम्भावना जीवित भएको थियो । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको […]
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनमाथि ६ विकेटको जित दर्ता गरेको छ । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो । कप्तान इन्दुले ७ बलमा २४ रन प्रहार गरेपछि नेपालले लक्ष्य प्राप्त गरेको हो । उनले ४ चौका र १ छक्का प्रहार गरिन् । पुजा […]