7 years ago
September 3, 2018
साउथह्याम्पटन (एजेन्सी) – इंग्ल्यान्डले भारतविरुद्धको पाँच खेलको टेष्ट क्रिकेट सिरिज एक खेल अगावै आफ्नो पक्षमा पारेको छ । घरेलु टोली इंग्ल्यान्डले चौथो टेष्टमा भारतलाई ६० रनले पराजित गर्दै सिरिज एक खेल अगावै ३–१ ले आफ्नो पक्षमा पारेको हो ।
साउथह्याम्पटनमा इंग्ल्यान्डले दिएको २ सय ४५ रनको लक्ष्य पछ्याएको भारतले अन्तिम दिन १ सय ८४ रनमात्र बनाउन सक्यो । कप्तान विराट कोहलीले ५८ रन तथा अजिन्क्या रहानेले ५१ रन बनाएपनि टिमको हार टार्न सकेन । रविचन्दन आश्विनले २५ रन जोडे । रिसव पन्तले १८ तथा शिखर धवनले १७ रन जोडे । भारतका तीन ब्याट्सम्यानले रनको खाता खोल्न सकेन । इंग्ल्यान्डका मोइन अलीले ४ विकेट लिए । बेन स्टोक र जेम्स एन्डरसनले समान २ विकेट लिए ।
यसअघि पहिलो इनिङसमा भारतलाई २ सय ७३ रनमा अलआउट गर्दै आफ्नो दोस्रो इनिङस सुरु गरेको इंग्ल्यान्ड २ सय ७१ रनमा अलआउट भएको थियो । पाँचौ तथा अन्तिम टेष्ट शनिबारबाट सुरु हुनेछ ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गरि मधेश प्रदेश प्रहरी कार्यालयले पहिलो संस्करणको आइजिपी कपको उपाधी जितेको छ । शनिवार भएको फाइनल खेलमा मधेशले लुम्बिनीलाई १४ रनले पराजित गरि उपाधी जितेको हो । मधेशले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]