default_image

7 years ago

September 2, 2018

सिंगापुरद्वारा नेपाललाई १ सय ५२ रनको लक्ष्य प्रस्तुत

88 views

0 Bookmark

काठमाडौं – एसिया कप छनोट अन्तर्गत चौथो खेलमा सिंगापुरले नेपाललाई जितको लागि १ सय ५२ रनको लक्ष्य दिएको छ ।

कप्तान चेतन सूर्यवंशीले ६० रन जोडेपछि सिंगापुरले ४२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५१ रनमा अलआउट भएको हो । टस जितेर ब्याटिङ रोजेको सिंगापुरका लागि अनिश परामले ३१ रनको योगदान दिए । नेपालका लागि स्पिनरद्वय सन्दीप लामिछाने र ललित नारायण राजवंशीले ३-३ विकेट लिए। सोमपाल कामिले २ र वसन्त रेग्मीले १ विकेट हात पारे ।

अघिल्ला दुई खेलमा पराजित भएपनि नेपालले शनिबार मलेसियालाई १९ पराजित गर्दै छनोटमा पहिलो जित निकाल्दै छनोटको फाइनल खेल्ने आशालाई जीवितै राखेको थियो । आइतबार सिंगापुरलाई पनि पराजित गर्दै छनोटको फाइनल खेल्ने सम्भावनालाई थप बलियो बनायने योजनामा हुनेछ । अघिल्ला तीनै खेल हारेको सिंगापुरविरुद्ध सहज जितको खोजीमा रहनेछ । नेपाल र सिंगापुर अहिलेसम्म पाँचपटक आमने सामने भएका छन् । सबै पाँच भेटमा नेपाल विजयी हुन सफल भएको छ ।

२००८ को एसीसी एलिट ट्रफीमा नेपाल ६ विकेटले विजयी भएको थियो । २०१० विश्व क्रिकेट लिग डिभिजन–५ मा नेपाल १६ रनले विजयी भएको थियो । २०१० कै एसीसी एलिट ट्रफीमा पनि नेपाल २१ रनले विजयी हुन सफल भएको थियो । यस्तै नेपाल २०१४ को विश्व क्रिकेट लिग डिभिजन–४ मा ५ विकेटले तथा २०१४ मै भएको विश्व क्रिकेट लिग डिभिजन–३ मा १ सय ९० रनको भारी अन्तरले विजयी भएको थियो ।

आजै हङकङ र ओमानले तथा युएईं र मलेसियाबीच खेल हुदैछ । छनोटमा नेपालसँगै युएईं, हङकङ, ओमान, मलेसिया र सिंगापुरले प्रतिस्पर्धा गरिरहेका छन् । छनोटको शीर्ष दुई टिमले फाइनल खेल्नेछ । फाइनलको विजेताले एसिया कपमा स्थान बनाउनेछ ।

March 6, 2025

दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]

March 6, 2025

पृथुको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]

March 6, 2025

ललितपुर बन्यो बागमती छनोटको च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]

Success

Thank you for your time.