7 years ago
September 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी एसिया कप छनोट प्रतियोगिताको चौथो खेलमा नेपालले आज सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । खेल मलेसियाको बांगीस्थित युकेएम ओभलमा जारी छ । सिंगापुरले टस जितेर ब्याटिङ रोजेको छ ।
अघिल्ला दुई खेलमा पराजित भएपनि नेपालले शनिबार मलेसियालाई १९ पराजित गर्दै छनोटमा पहिलो जित निकाल्दै छनोटको फाइनल खेल्ने आशालाई जीवितै राखेको थियो । आइतबार सिंगापुरलाई पनि पराजित गर्दै छनोटको फाइनल खेल्ने सम्भावनालाई थप बलियो बनायने योजनामा हुनेछ । अघिल्ला तीनै खेल हारेको सिंगापुरविरुद्ध सहज जितको खोजीमा रहनेछ । नेपाल र सिंगापुर अहिलेसम्म पाँचपटक आमने सामने भएका छन् । सबै पाँच भेटमा नेपाल विजयी हुन सफल भएको छ ।
२००८ को एसीसी एलिट ट्रफीमा नेपाल ६ विकेटले विजयी भएको थियो । २०१० विश्व क्रिकेट लिग डिभिजन–५ मा नेपाल १६ रनले विजयी भएको थियो । २०१० कै एसीसी एलिट ट्रफीमा पनि नेपाल २१ रनले विजयी हुन सफल भएको थियो । यस्तै नेपाल २०१४ को विश्व क्रिकेट लिग डिभिजन–४ मा ५ विकेटले तथा २०१४ मै भएको विश्व क्रिकेट लिग डिभिजन–३ मा १ सय ९० रनको भारी अन्तरले विजयी भएको थियो ।
आजै हङकङ र ओमानले तथा युएईं र मलेसियाबीच खेल हुदैछ । छनोटमा नेपालसँगै युएईं, हङकङ, ओमान, मलेसिया र सिंगापुरले प्रतिस्पर्धा गरिरहेका छन् । छनोटको शीर्ष दुई टिमले फाइनल खेल्नेछ । फाइनलको विजेताले एसिया कपमा स्थान बनाउनेछ ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]
March 6, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]