default_image

7 years ago

September 1, 2018

एसिया कप छनोटमा नेपालको पहिलो जित

109 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –एसीसी एसिया कप छनोट क्रिकेटमा नेपालले पहिलो जित निकालेको छ ।  नेपालले घरेलु टोली मलेसियालाई १९ रनले पराजित गर्दै छनोटमा पहिलो जित निकालेको हो ।

नेपाल यसअघि ओमान र युएईंसँग पराजित भएको हो । मलेसियामाथिको जितसँगै नेपालले छनोटको फाइनल पुग्ने सम्भाना जीवितै राखेको छ । छनोटको फाइनल जित्ने टोलीले एसिया कपमा स्थान बनाउनेछ ।

नेपालले दिएको १ सय ८९ रनको लक्ष्य मलेसियाले निर्धारित ३० ओभरमा ९ विकेट गुमाएर १ सय ६९ रनमात्र बनाउन सक्यो । मलेसियाका लागि मोहम्मद अनवरले ३४ रन बनाए । सैद अजिज मुवारक ले ३४ रन बनाए । अहमेद फैज नुरले २२ रन बनाए । भिरनदीपसिंह २१ रनमा आउट भए । मोहम्मद रम्लीले १३ रन बनाए । सरभिन मुनियान्डीले १० रन जोडे । नेपालका बसन्त रेग्मीले ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले समान २ विकेट लिए । सागर पुन र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।

यसअघि बायोमास ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ३० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो । मध्यम शुरुवात गरेको नेपालको इनिङ्स मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी र मोहम्मद आरिफ शेखले सम्हालेका थिए । उनीहरुले छैटौ विकेटको लागि १ सय १ रनको साझेदारी गरेका थिए । दीपेन्द्र ५४ रनमा आउट भए । आरिफ ६४ रनमा नटआउट रहे । ४८ बल खेलका आरिफले ५ चौका र दुई छक्काको मद्दतमा ६४ रन बनाए ।

बसन्त रेग्मी ६ रनमा नटआउट रहे । यसअघि सुवास खकुरेल ९ तथा ज्ञानेन्द्र मल्ल ११ रनमा आउट भए । अनिल कुमार साह १६ तथा र कप्तान पारस खड्का १३ रनमा आउट भए । मलेसियाका सर्भिन मुनियान्डी र सैजरुल इजादले समान ३ विकेट लिए । मोहम्मद अनवर रहमनले १ विकेट लिए ।

नेपालले अब आइतबार सिंगापुरसँग खेल्नेछ ।

March 6, 2025

दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]

March 6, 2025

पृथुको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]

March 6, 2025

ललितपुर बन्यो बागमती छनोटको च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]

Success

Thank you for your time.