default_image

6 years ago

September 1, 2018

एसिया कप छनोट – वर्षाका कारण नेपाल र मलेसियाबीचको खेल प्रभावित

42 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र आयोजक मलेसिसयाबीच शनिबार हुनुपर्ने एसीसी एसिया कप छनोट खेल वर्षाका कारण अझै सुरु हुन सकेको छैन । एसिया कपका लागि एक टोली छनोट हुने प्रतियोगितामा नेपालले सुरुवाती दुई खेलमा पराजय भोगी सकेकाले आजको खेल महत्वपूर्ण रहेको छ ।

Nepali Cricket Team

 

 

यस्तो अवस्थामा नेपालले एसिया कप खेल्ने सम्भावना जीवितै राख्न ‘गर या मर’ को अवस्थामा मलेसियासँग शनिबार प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार बिहान ७ः१५ बजे सुरु हुने तय थियो । तर, लगातारको वर्षाले खेलको टस समेत भएको छैन । प्रतियोगिताको फाइनल खेल्ने आशा जिवितै राख्न नेपालले बाँकी सबै तीन खेल जित्नुपर्ने दबाव छ ।

शनिबार मलेसियाविरुद्ध मैदान उत्रदा नेपालको एकमात्र लक्ष्य निश्चित जित हुनेछ । यो खेलमा पनि पराजित भए नेपालको एसिया कप खेल्ने सपना समाप्त हुनेछ । अघिल्ला दुई खेलमा नेपालले ब्याटिङमा मध्यम प्रदर्शन गरेपनि बलिङ र फिल्डिङ सोचेजस्तो हुन सकेको छैन । ओपनिङमा समस्या नेपालको पुरानै रोग हो । तर, यसपटक ओपनिङमा केही सुधार भएपनि मध्यक्रममा कुनै पनि ब्याट्सम्यानले राम्रो खेल्न सकेको छैन ।

मलेसियाविरुद्ध जित हात पार्न यि सबै पक्ष सुधार गर्नुपर्ने हुन्छ । यता, पहिलो खेलमै हङकङलाई स्तब्ध पारेको मलेसिया दोस्रो खेलमा ओमानसँग २ विकेटले पराजित भएको थियो । नेपालले अबको तीन खेलमा जित हात पारे ६ अंक हुनेछ । र छनोटको सम्भावना जीवितै हुनेछ । अबको कुनै एक खेल गुमाए नेपाल स्वत प्रतियोगिताबाट बाहिरिने छ ।

September 21, 2024

चापाकोटमा वडा स्तरीय क्रिकेट प्रतियोगिता हुने

सुनिल न्यौपाने,स्याङ्जा स्याङ्जाको चापाकोट नगरपालिकामा यसै महिना वडा स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ।  चापाकोट नगरपालिकाको संरक्षण र श्री सामुदायिक बालचेतना सामुदायिक कार्यक्रम चापाकोट १० स्याङ्जाको आयोजनामा प्रतियोगितामा असोज १८ गते सुरु हुने बताइएको छ। प्रतियोगिताका संयोजक सागर पंगेनीले वडा भित्र सदभाव बढाउनुका साथमा क्रिकेट खेलको विकास र खेलप्रति आकर्षक प्रतियोगिता आयोजना गर्न लागेको बताए। चापाकोट ९ सुन्तलीटारस्थित […]

September 21, 2024

दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानलाई एतिहासिक सफलता

एजेन्सी – अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध ओडिआई सिरिजमा एतिहासिक सफलता हासिल गरेको छ । अफगानिस्तानले शुक्रवार दोस्रो ओडिआई १ सय ७७ रनको जित निकालेसँगै एक खेलअघि नै सिरिजमा कब्जा जमाएको छ । पहिलो खेल अफगानिस्तानले ६ विकेटले जितेको थियो । दक्षिण अफ्रिका विरुद्ध अफगानिस्तानको त्यो पहिलो जित थियो । अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध सिरिज जितेको यो पहिलो […]

September 20, 2024

युएईको लिग टुमा पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – युएईले आईसीसी क्रिकेट विश्वकप लिग टु मा पहिलो जित हात पारेको छ। युएईले शुक्रवार नामिबियामाथि १ विकेटको जित हात पारेको छ । विन्डोहकमा ३ सय १४ रनको लक्ष्य युएईले ४९.३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको थियो । युएईका बिष्णु सुकुमारनले सर्वाधिक ९७ रन जोडे । उनले ९० बलमा ८ चौका […]

Success

Thank you for your time.