default_image

7 years ago

August 31, 2018

एसिया कप छनोटः ‘गर या मर’ को अवस्थामा नेपाल मलेसियासँग खेल्दै

75 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी एसिया कप छनोट मलेसियामा जारी छ । अर्काे महिना युनाइटेड अरब इमिरेट्स (युएईं) मा आयोजना हुने एसिया कप खेल्ने लक्ष्यमा रहेको नेपाल शुरुवाती दुई खेलमा पराजित भएपछि एसिया कप खेल्ने झिनो सम्भावना मात्रै बाँकी छ ।

यस्तो अवस्थामा नेपालले एसिया कप खेल्ने सम्भावना जीवितै राख्न ‘गर या मर’ को अवस्थामा मलेसियासँग शनिबार प्रतिस्पर्धा गर्दैछ । खेल मलेसियाको किनरारा ओभल मैदानमा नेपाली समयअनुसार बिहान ७ः१५ बजेपछि शुरु हुनेछ । प्रतियोगिताको फाइनल खेल्ने आशा जिवितै राख्न नेपालले बाँकी सबै तीन खेल जित्नुपर्ने दवाव छ ।

शनिबार मलेसियाविरुद्ध मैदान उत्रदा नेपालको एकमात्र लक्ष्य निश्चित जित हुनेछ । यो खेलमा पनि पराजित भए नेपालको एसिया कप खेल्ने सपना समाप्त हुनेछ । अघिल्ला दुई खेलमा नेपालले ब्याटिङमा मध्यम प्रदर्शन गरेपनि बलिङ र फिल्डिङ सोचेजस्तो हुन सकेको छैन । ओपनिङमा समस्या नेपालको पुरानै रोग हो । तर, यसपटक ओपनिङमा केही सुधार भएपनि मध्यक्रममा कुनै पनि ब्याट्सम्यानले राम्रो खेल्न सकेको छैन ।

मलेसियाविरुद्ध जित हात पार्न यि सबै पक्ष सुधार गर्नुपर्ने हुन्छ । यता, पहिलो खेलमै हङकङलाई स्तब्ध पारेको मलेसिया दोस्रो खेलमा ओमानसँग २ विकेटले पराजित भएको थियो ।

नेपालले अबको तीन खेलमा जित हात पारे ६ अंक हुनेछ । र छनोटको सम्भावना जीवितै हुनेछ । अबको कुनै एक खेल गुमाए नेपाल स्वत प्रतियोगिताबाट बाहिरिने छ ।

March 6, 2025

दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]

March 6, 2025

पृथुको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]

March 6, 2025

ललितपुर बन्यो बागमती छनोटको च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]

Success

Thank you for your time.