7 years ago
August 31, 2018
साउथह्याम्प्टन (एजेन्सी)– भारतीय बलरहरुले कसिलो बलिङ गरेपछि इंग्ल्यान्डको ब्याटिङ फेरि एकपटक राम्रो चल्न सकेन । चौथो टेस्टको पहिलो दिन बिहीबार घरेलु टोली पहिलो इनिङ्समा २ सय ४६ रनमा अलआउट भएपछि भ्रमणकारी टोलीले ब्याटिङ सुरु गरेको छ । भारतले विना विकेटको क्षती १९ रन बनाएपछि पहिलो दिनको खेल समाप्त भएको थियो ।
शिखर धवन ३ र केएल राहुल ११ रनमा अविजित छन् । पाँच टेस्टको श्रृखंलामा इंग्ल्यान्ड २–१ ले अगाडि छ । भारतका लागि जसप्रित बुमराहले उच्च प्रदर्शन गरे भने अन्य बलरले पनि उनलाई राम्रो साथ दिएका छन् । इङ्ल्यान्डका लागि युवा अलराउन्ड साम कुरानले ७८ रन बनाएका थिए ।
भारतीय कप्तान विराट कोहलीले अघिल्लो टेस्टकै टोलीलाई निरन्तरता दिएका थिए । उनले चौथो श्रृखंलामा चौथो पटक टस हारेका थिए । घरेलु टोलीका कप्तान जोए रुटले टस जितेर ब्याटिङ रोजेका थिए । इग्ंल्यान्डले मजबुद सुरुवात गर्ने अनुमान गरिएको थियो, तर त्यस्तो हुने सकेन । ३५ ओभर भन्दा कममै घरेलु टोलीले ८६ रन जोड्दा ६ विकेट गुमाई सकेको थियो ।
घरेलु टोलीका लागि मोइन अलिले ४०, बेन स्कोक्सले २३, जोस बटलरले २१, मोइन अलि र स्टुवार्ट बोर्डले १७ रन जोडे । भारतका लागि बुमराहले ३, इशान्त शर्मा, मोहम्मद सामी र रविचन्द्रन आश्विनले समान २ तथा हार्दिक पाण्डेयाले १ विकेट लिएका थिए ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गरि मधेश प्रदेश प्रहरी कार्यालयले पहिलो संस्करणको आइजिपी कपको उपाधी जितेको छ । शनिवार भएको फाइनल खेलमा मधेशले लुम्बिनीलाई १४ रनले पराजित गरि उपाधी जितेको हो । मधेशले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]