7 years ago
August 30, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले एसीसी एसिया कप छनोट खेलमा लागतार दोस्रो हार बेहोरेको छ । किननरा ओभलमा बिहिबार भएको आफ्नो दोस्रो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएईं) सँग ७८ रनले पराजित भएको हो ।
नेपाल यसअघि बुधबार ओमानसँग ७ विकेटले पराजित भएको थियो । लगातार दोस्रो हारसँगै नेपालको एसिया कप खेल्ने सम्भावना झिनो बनेको छ । छनोटको विजेताले एसिया कपमा स्थान बनाउनेछ ।
युएईंले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको नेपालले ४८ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ७६ रनमात्र बनाउन सक्यो । नेपालका लागि ओपनर सुवास खकुरेलले ५० रनको अर्धशतकीय इनिङ्स खेलेपनि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । दीपेन्द्रसिंह ऐरीले ४० रन जोडे । कप्तान पारस खड्का १६ रनमा आउट भए ।
ओमानविरुद्धको खेलमा राम्रो प्रदर्शन गरेका सागर पुन ३ तथा ज्ञानेन्द्र मल्ल ४ रनमै आउट भए । यस्तै आरिफ शेख ३ रनमा तथा करण केसी शुन्य रनमै आउट भए । नवौं विकेटको लागि सोमपाल कामी र बसन्त रेग्मीले ३४ रनको साझेदारी गरेपनि नेपाललाई जित दिलाउन सकेन । बसन्त १२ रनमा आउट भए । सोमपाल कामी २७ रनमा नटआउट तथा सन्दीप लामिछाने २ रनमा आउट भए ।
युएईंका अहमेद राजाले ४ तथा मोहम्मद नाभिदले ३ विकेट लिए । यस्तै अमिर हायातले दुई तथा अस्पाक अहमेदले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईंले ९ विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो । युएईका लागि ओपनर चिराग सुरीले अर्धशतक पुरा गरे । ९१ बल खेलेका चिगारले ७ चौका र १ छक्कासहित ६५ रन जोडे । अर्का ओपनर असफाद अहमदले ४५, रमिज साहजादले ३५, अद्नान मुफ्तीले ४१ रन बटुले ।
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । वेस्ट इन्डिजमा सिपिएल खेलेर सिधै मेलेसिया पुगेका सन्दीपले १० ओभरमा २ मेडनसहित २४ रन खर्चेका थिए । ओमानसँगको खेलमा महंगो साबित भएका बसन्त रेग्मी र सोमापाल कामीले समान २ विकेट लिए ।
छनोटमा रहेका ६ टोली मध्येको विजेता यसै महिना सुरु हुने एसिया कपको लागि छनोट हुनेछ ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गरि मधेश प्रदेश प्रहरी कार्यालयले पहिलो संस्करणको आइजिपी कपको उपाधी जितेको छ । शनिवार भएको फाइनल खेलमा मधेशले लुम्बिनीलाई १४ रनले पराजित गरि उपाधी जितेको हो । मधेशले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]