7 years ago
August 30, 2018
काठमाडौं (हाम्रो खेलकुद)– एसीसी एसिया कप छनोटमा बिहीबार सुवास खकुरेलले संयुक्त अरब इमिरेन्ट्स (युएई) विरुद्ध अर्धशतक पुरा गरेका छन् । मलेसियामा जारी खेलमा २ सय ५५ रन लक्ष्य पछ्याएको नेपालको अवस्था सान्तोषजनक नरहेपनि सुवासले ५० रन पुरा गरेका छन् ।
चोटका कारण लामो समयपछि गत महिना त्रिकोणात्मक टि ट्वान्टी श्रृखलाबाट राष्ट्रिय टोलीमा पुनरागमन गरेका सुवास एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई अर्धशतक पुरा गर्ने चौथो खेलाडी बनेका छन् । यसअघि नेदरल्यान्ड्सविरुद्ध ज्ञानेन्द्र मल्ल, पारस खड्का र सोमपाल कामीले अर्धशतक पुरा गरेका थिए । ९७ बल खेलेका सुवासले २ चौका र १ छक्का प्रहार गरेका थिए । उनी ५० रन बनाएर आउट भएका थिए ।
यो समाचार तयार पर्दा नेपालले ३२ ओभरमा ४ विकेट गुमाएर १ सय ४ रन बनाएको छ । दीपेन्द्र ऐरी २३ र आरिफ शेख १ रनमा अविजित छन् । ओपनर ज्ञानेन्द्र मल्ल (४), कप्तान पारस खड्का १६ र सागर पुन ३ रनमा आउट भएका थिए । पहिलो खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको थियो ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]