default_image

7 years ago

August 30, 2018

यूएईविरुद्ध नेपालले टस जितेर पहिलो फिल्डिङ रोज्यो : एसिया कप छनोट

68 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसिया कप छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । पहिलो खेलमा ओमानसँग पराजित नेपाललाई दोस्रो खेल जित्नैपर्ने अवस्था छ ।

Sagar Pun

यूएई र नेपाल दुवै वानडे अन्तर्राष्ट्रिय मान्यता प्राप्त टोली भएकाले यस खेल ओडीआई मान्यता प्राप्त खेल हुनेछ । यस खेलमा नेपालका लागि सागर पुनले ओडीआई डेब्यु गर्दै छन् । मंगलबार ओमानविरुद्ध सागरले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका थिए । उनले त्यस लयलाई आजको खेलमा पनि निरन्तरता दिँदै टोलीमा स्थान बलियो बनाउने प्रयासमा रहने छन् ।

अघिल्लो खेलमा नेपालले अपेक्षाकृत बलिङ गर्न नसक्दा पराजय बेहोरेको थियो । उक्त प्रदर्शनलाई सुधार गर्दै जित हात पार्ने कप्तान पारस खड्काले बताएका छन् ।  नेपाललाई प्रतियोगिताको फाइनलमा प्रवेश गर्न यस खेलले निकै महत्त्व बोकेको छ ।

नेपाली टोली :

सुवास खकुरेल, ज्ञानेन्द्र मल्ल, पारस खड्का (कप्तान), दीपेन्द्रसिंह ऐरी, सागर पुन, आरिफ शेख, रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, वसन्त रेग्मी, सन्दीप लामिछाने

March 6, 2025

दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]

March 6, 2025

पृथुको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]

March 6, 2025

ललितपुर बन्यो बागमती छनोटको च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]

Success

Thank you for your time.