7 years ago
August 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा आजबाट शुरु भएको एसीसी एसिया कप छनोटको आफ्नो पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ ।नेपाल ओमानसँग ७ विकेटले पराजित भएको हो ।
नेपालले दिएको २ सय २२ रनको लक्ष्य ओमानले ४८ ओभरमा ३ विकेट गुमाएर पूरा गरेपछि नेपाल ७ विकेटले पराजित हुन पुग्यो । ओमानका लागि खवर अलिले नटआउट ८४ रन बनाए । जिसान माक्ससुड ४५ रनमा अविजित रहे । भैवव वाटेगौनकारले ४१ रन जोड्दा जतिन्दर सिंह ३० तथा अकिव इल्यासले १६ रन बनाए । पारस खड्काले एक विकेट लिए ।
यसअघि क्वालालम्पुरस्थित बायुमास ओभरमा भएको खेलमा नेपालले निर्धा्रित ५० ओभर पुरै खेल्दै ९ विकेट गुमाएर २ सय २१ रनको सम्मानजनक योगफल तयार पारेको थियो । नेपालका सम्मानजनक योगफलमा राष्ट्रिय टिममा पूनरागमन गरेका सागर पुनले ८३ रनको योगदान दिए ।औसत शुरुवात गरेको नेपालका लागि सागरले ८४ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।
ओपनर ज्ञानेन्द्र मल्लल ४५ रन जोडे । आरिफ शेख ३६ रनमा आउट हुदा तथा करण केसी २६ रनमा अविजित रहँदा अन्य ब्याट्सम्यानले राम्रो खेलन सकेन । ओपनर सुबास खकुरेल ४, कप्तान पारस खड्का ८, दीपेन्द्रसंह ऐरीले मात्र ९ रन जोड्न सके । सोमपाल कामीले ५ रन बनाए । रोहितकुमार पौडेल शुन्य रनमा आउट भए । ओमानका अजय लालचेटा, मोहम्मद नदिम र विलाल खानले समान २ विकेट लिए ।
नेपालले अब भोलि युएईंसँग खेल्नेछ ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गरि मधेश प्रदेश प्रहरी कार्यालयले पहिलो संस्करणको आइजिपी कपको उपाधी जितेको छ । शनिवार भएको फाइनल खेलमा मधेशले लुम्बिनीलाई १४ रनले पराजित गरि उपाधी जितेको हो । मधेशले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]