7 years ago
August 30, 2018
एजेन्सी – पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद इरफानले गत साता टि-२० क्रिकेट इतिहासकै किफायती ४ ओभर स्पेलको रेकर्ड आफ्नो नाम गरे । २०१८ को क्यारेबियन प्रिमियर लिगको खेलमा उनले आफ्नो ४ ओभरमा मात्र १ रन खर्चेर २ विकेट लिएका थिए ।
इरफानको किर्तिमानि बलिङका बाबजुद उनको टोली बार्बाडोस ट्राईडेन्ट्स भने सन्दीप लामिछाने सम्मिलित सेन्ट किट्स एण्ड नेभिस प्याट्रीयट्ससँग पराजित भएको थियो । उक्त खेलमा १ सय ४८ रनको लक्ष्य जोगाउन मैदान उत्रिएको बारबाडोसका लागि इरफानले पहिलो बलमा नै क्रिस गेललाई आउट गरेका थिए ।
अर्को ओभरमा ३ डट बल गरेपछि प्रेसरमा आएका एभिन लेविसलाई आउट गर्दै इरफानले टोलीलाई दोस्रो सफलता दिलाएका थिए । त्यसपश्चातका उनले गरेका १३ बलमा रन आउन सकेन । उनी आफ्नो २४ बलनै डट गर्ने उपलब्धिको नजिक पुगेका थिए तर उनको चौथो ओभरको अन्तिम बलमा ब्रेण्डन किंगले १ रन लिएपछि उनले २३ बलमात्र डट गर्न सके ।
यो स्पेलसंगै उनी टि-२० क्रिकेटमा सबैभन्दा किफायती बलिंग गर्ने बलर बने। यस्तो छ सुची टि-२० मा सबैभन्दा किफायती बलिंग स्पेलको :
२/१ – मोहम्मद इरफान (बार्बाडोस ट्राइडेन्ट्स vs सेन्ट किट्स एण्ड नेभिस प्याट्रीयट्स)
४/२ – चनका वेलेगेदेरा (तामिल युनियन vs सिंहाली स्पोर्ट्स क्लब, २०१५ )
२/२ – क्रिस मोरिस (लायन्स vs कप कोब्रा, २०१४ )
५/३ – सोहेल तन्बिर (गायन एमाजोन वारियर्स vs बार्बाडोस ट्राइडेन्ट्स २०१७ )
४/३ – निशान पेरिस (रागमा क्रिकेट क्लब vs कलुतारा टाउन क्लब, २०१८)
३/३ – मिचल जोन्सन (पर्थ स्कर्च्र्स vsमेलबर्न स्टार्स, २०१७)
२/३ – जुल्फिकर बाबर (मुल्तान टाइगर्स vs क्वेट्ट बियर्स, २०१२)
१/३ – शोयब मलिक (बार्बाडोस ट्राइडेन्ट्स vs एन्टीगुआ, २०१३)
०/३- सुनिल नारायन (गयाना एमाजोन वारियर्स vs एन्टीगुआ, २०१४)
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गरि मधेश प्रदेश प्रहरी कार्यालयले पहिलो संस्करणको आइजिपी कपको उपाधी जितेको छ । शनिवार भएको फाइनल खेलमा मधेशले लुम्बिनीलाई १४ रनले पराजित गरि उपाधी जितेको हो । मधेशले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]