7 years ago
August 28, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले बुधबार मलेसियामा शुरु हुने एसीसी एसिया कप छनोट चरण पार गर्नु नै टोलीको मुख्य लक्ष्य रहेको बताएका छन् । क्वालालम्पुरमा भएको खेल अघिको पत्रकार सम्मेलनमा पारसले एसिया कप पुग्ने लक्ष्यसहित टोली मलेसिया पुगेको बताए ।
‘हामीले एसिया कपको लागि श्रीलंकामा एक हप्ताको प्रशिक्षण गर्ने मौका पाएका छौं । यो प्रशिक्षणले हामीलाई धेरै सहयोग पुगेको छ । हामी एसिया कप छनोटमा राम्रो शुरुवात गर्दै अघि बढ्ने योजनामा छौं ’ पत्रकार सम्मेलनमा पारसले भने, ‘तर, हामीले बुधबार खेल्न लागेको मैदान हाम्रो लागि नयाँ मैदान हो । हामी मैदान र विपक्षीको अवस्था हेरेर रणनीति बनाउनेछौं । यसको अर्थ हामी विजयी शुरुवातको लक्ष्यमा हुनेछौं । हामी हरेक क्षेत्रबाट राम्रो गर्ने प्रयासमा हुनेछौं ।’
उनले छनोटमा सहभागी सबै ६ टोली उत्तिकै बलियो रहेको बताए । ‘छनोटमा सहभागी सबै टोली समान स्तरका छन् । सबै खेल हाम्रो लागि उत्तिकै महत्वपूर्ण छ । कुनै पनि खेल हाम्रो लागि सहज हुनेछैन । सबै खेल जित्न हामीले उत्कृष्ट क्रिकेट खेल्नुपर्ने हुन्छ ’ पारसले थपे, ‘युवा र अुनभवी खेलाडी रहेका कारण टोली अहिले सन्तुलित छ । हाम्रो पहिलो प्रतिद्धन्द्धी ओमान पनि बलियो टोली हो । हामी ओमानलाई पराजित गर्न सक्षम छौं । आशा छ हामी एसिया कपको लागि छनोट हुन योग्य छौं ।’
नेपाल, ओमानसँगै छनोटमा युईए, हङकङ, सिंगापुर र मलेसिया छन् । छनोटका सहभागी सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि विजेता टोली यसै महिनाको अन्त्यमा सुरु हुने एसिया कपका लागि छनोट हुनेछ । विजेता टोली भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा पर्नेछ ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गरि मधेश प्रदेश प्रहरी कार्यालयले पहिलो संस्करणको आइजिपी कपको उपाधी जितेको छ । शनिवार भएको फाइनल खेलमा मधेशले लुम्बिनीलाई १४ रनले पराजित गरि उपाधी जितेको हो । मधेशले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]