7 years ago
August 28, 2018
काठमाडौं (हाम्रो खेलकुद)– एसीसी एसिया कप छनोट मलेसियामा बुधबार सुरु हुँदैछ । छनोटको अन्तिम तयारी श्रीलंकामा गरेको नेपाली टोली मलेसिया पुगेर पनि प्रशिक्षणमा जुटिसकेको छ । नेपालले ओमानसँग खेल्दै छनोटको यात्रा प्रारम्भ गर्नेछ । खेल नेपाली समय अनुसार बिहान ७ः४५ बजे सुरु हुनेछ ।
नेपाल, ओमानसँगै छनोटमा युईए, हङकङ, सिंगापुर र मलेसिया छन् । छनोटका सहभागी सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नेपछिको विजेता टोली यसै महिनाको अन्त्यमा सुरु हुने एसिया कपका लागि छनोट हुनेछ । यसरी छनोट हुने टोलीले समूह ‘ए’ मा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
विश्व क्रिकेटका ठूला नामसँग खेल्न पाउने अवसर नेपाललगायत सबै टोली गुमाउन चाहदैनन् । त्यसैले हरेक टोली जितबाट छनोटको यात्रा सुरु गर्न चाहन्छन् । नेपाल र ओमानबीच अहिले सम्म ६ पटक प्रतिस्पर्धा भइरहेको छ । जसमा दुवै टोलीले समान ३ खेल जितेका छन् ।
नामिबियामा भएको पछिल्लो भेट वल्र्ड क्रिकेट लिग डिभिजन २ मा नेपालले ओमानसँग ६ विकेटले पराजित भएको थियो । नेपाली टोली मंगलबार अभ्यास गरेको थियो ।
तस्बिर सौजन्य : रमन शिवाकोटी
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गरि मधेश प्रदेश प्रहरी कार्यालयले पहिलो संस्करणको आइजिपी कपको उपाधी जितेको छ । शनिवार भएको फाइनल खेलमा मधेशले लुम्बिनीलाई १४ रनले पराजित गरि उपाधी जितेको हो । मधेशले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]