7 years ago
August 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – जिम्वावेका सिकन्दर राजाले दोस्रो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिता काठमाडौं किङ्स–११ बाट खेल्ने भएका छन् ।
इपिएल क्लब काठमाडौं किङ्सले मंगलबार जिम्वावेका अलराउन्डर सिकन्दर राजालाई क्लबमा अनुबन्ध गरेको हो । उनी क्लबमा अनुबन्ध हुने तेस्रो विदेशी खेलाडी बने । यसअघि काठमाडौले आयरल्यान्डक केभिन ओ ब्राइन युएईंका रोहन मुस्ताफालाई क्लबमा अनुबन्ध गरिसकेको छ ।
सिकन्दर आइसीसी विश्व कप छनोटमा म्यान अफ दि सिरिज बनेका थिए । सिकन्दरले जिम्बाब्वेबाट ८५ एक दिवसीय खेल खेलिसकेका छन् । १० टेस्ट र २० टी–ट्वान्टी सिरिज खेलिसकेका छन् । इपीएलमा ३ खेलाडी राख्न पाउने नियम रहेको छ ।
‘जिम्बावेसँग उत्कृष्ट खेलाडीहरु रहने इतिहास छ । सिकन्दर राजा एक प्रतिभाशाली खेलाडी हुन् । दायाँ हाते ब्याट्सम्यान र दायाँ हाते स्पिन बलर राजा स्किल र दिमाग भएका सानदार क्रिकेटर हुन् ।’ काठमाडौंका सीईओ राज जंग थापाले जारी गरेको प्रस विज्ञप्तिमा उल्लेख छ ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गरि मधेश प्रदेश प्रहरी कार्यालयले पहिलो संस्करणको आइजिपी कपको उपाधी जितेको छ । शनिवार भएको फाइनल खेलमा मधेशले लुम्बिनीलाई १४ रनले पराजित गरि उपाधी जितेको हो । मधेशले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]