default_image

7 years ago

August 28, 2018

नेपाली क्रिकेट टोली मलेसिया पुग्यो

81 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी एसिया कप छनोट प्रतियोगिता खेल्न नेपाली टोली सोमबार राती मलेसिया पुगेको छ । सेप्टेम्बर दोस्रो साता हुने एसिया कपमा यस छनोट प्रतियोगिताको विजेता टोली छनोट हुनेछ ।

एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ, सिंगापुर र ओमानले खेल्नेछन् । सबै टोलीले पहिलो चरणमा एक अर्काविरुद्ध खेल्ने छन् । पहिलो चरणको समाप्तिपछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन् । फाइनल खेलको विजेता एसिया कपको लागि छनोट हुनेछ । नेपालले यस प्रतियोगिताका लागि श्रीलंकामा एक साता अभ्यास पनि गरेको छ । नेपालले खेलेका तीनै अभ्या खेल जित्दै तयारीका क्रममा लय समाएको छ ।

नेपालले ओमानसँग २९ अगस्टमा बायुमास ओभलमा खेल्नेछ । त्यसपछि ३० अगस्टमा युएईसँग किनरारा ओभलमा प्रतिस्पर्धा गर्नेछ । १ सेप्टेम्बरमा मलेसिया, २ सेप्टेम्बरमा सिंगापुर तथा ४ सेप्टेम्बरमा हङकङसँग खेल्नेछ । छनोटको विजेताले युएईमा हुने एसिया कपमा स्थान बनाउनेछ । विजेता भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा पर्नेछ । एसिया कप १३ सेम्टेम्बर देखि २८ तारिखसम्म हुदैछ ।

Paras Khadka

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अभ्यास खेलका लागि श्रीलंका प्रस्थान गर्नुअघि एसिया कप छनोट अवसर र चुनौती दुवै रहेको बताए। ‘एसिया कप छनोट पक्कै पनि चुनौतीपूर्ण छ । यो एक सुन्दर मौका पनि हो । हामी त्यो सुन्दर मौकालाई गुमाउन चाहदैनौ ’ उनले भने, ‘हामी निरन्तर क्रिकेटमै छौं । हामी हाम्रो प्रदर्शनलाई एसिया कप छनोटमा पुरा प्रयोग गर्नेछौं । यस्ता अवसरहरु बारम्वार आउँदैन । एक टिमको रुपमा हामी एसिया कप छनोटको लागि तयार छौं ।’

नेपाली क्रिकेट टोलीः

पारस खड्का (कप्तान)

ज्ञानेन्द्र मल्ल (उपकप्तान)

बसन्त रेग्मी

सोमपाल कामी

सुबास खकुरेल

विनोद भण्डारी

दिपेन्द्र सिंह ऐरी

सन्दीप लामिछाने

करण केसी

ललित सिंह भण्डारी

अनिल कुमार शाह

ललित नारायण राजबंशी

सागर पुन

मोहम्मद आरिफ शेख

रोहित कुमार पौडेल

March 6, 2025

दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]

March 6, 2025

पृथुको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]

March 6, 2025

ललितपुर बन्यो बागमती छनोटको च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]

Success

Thank you for your time.