default_image

7 years ago

August 27, 2018

चितवन टाइगर्समा दुई विदेशी खेलाडी

59 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्लब चितवन टाइगर्सले दोस्रो संस्करणको इपीएल टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको लागि दुई विदेशी खेलाडी अनुबन्ध गरेको छ । चितवनले इंग्ल्यान्डका प्रतिभाशाली युवा खेलाडी म्याक्स होल्डेन र न्युजिल्यान्डका जेम्स फुलरलाई अनुबन्ध गरेको हो ।

इंग्ल्यान्ड यू–१९ टोलीका पूर्व कप्तान १८ वर्षे होल्डेन ब्याटिङ अलराउन्डर र मिडलसेक्सका २८ वर्षे फुलर बलिङ अलराउन्डर हुन् ।
मिडल्सेक्सबाटै काउन्टी क्रिकेट खेल्दै आएका होल्डेनको ट्वान्टी–२० मा स्ट्राइक रेट १ सय ३७ माथि रहेको छ । ४४ प्रथम श्रेणीको म्याच खेलिसकेका फुलरले ट्वान्टी–२० मा ७६ म्याच खेल्ने क्रममा झन्डै १ सय ५० को स्ट्राइक रेटमा रन बनाउनुका साथै ९४ विकेट लिएका छन् ।
गत वर्षको प्रदर्शन सन्तोषजनक नभएपछि टिमलाई राम्रो बनाउन राम्रै खेलाडी लिने प्रयासमा दुई प्रतिभाशाली इंग्लिस खेलाडी अनुबन्ध गरेको चितवन टाइगर्सका मालिक किशोर भट्टराईले बताए । इपीएल नोभेम्वर तेस्रो साता काठमाडौंमा हुदैछ ।

चितवन टाइगर्सले पृथु बाँस्कोटालाई कप्तानमा यसअघि नै १२ खेलाडी घोषणा गरिसकेको थियो । त्यसमा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी सहित त्यस्तै अनिल मण्डल, दीलिप नाथ, सुनाम गौतम, सन्दीप सुनार, योगेन्द्रसिंह कार्की, भिम सार्की, ललितसिंह भण्डारी, कमलसिंह ऐरी, शाहव आलम, आकाश थापा र गौतम केसी रहेका छन् । आकाश थापा चितवनमा आयोजना गरेको ट्यालेन्ट हन्टबाट आएका खेलाडी हुन् ।

टोलीको प्रशिक्षकमा कलाम अली र टिम म्यानेजरमा सुवास खकुरेल रहेका छन् । टिमको अन्य तीन विदेशी खेलाडीमा भारतका प्रविण गुप्ता, सावेज खान र प्रमेश कुमार रहेका छन् । उनीहरु सबै रढाजी ट्रफी खेलिसकेका खेलाडीहरु हुन् ।

March 18, 2025

इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको जित

काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]

March 18, 2025

कर्णालीले कोशीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

Success

Thank you for your time.