default_image

7 years ago

August 27, 2018

कोहलीले कसरी इंग्ल्यान्डमा आफूलाई बदले ?

75 views

0 Bookmark

लन्डन (एजेन्सी) – सन् २०१४ को इंग्ल्याण्ड भ्रमणमा जेम्स एन्डरसनको घातक बलिङको अघि विराट कोहली निरिह बनेका थिए । त्यसपश्चात नै उनी आफुलाई प्रमाणित गर्न आतुर थिएभन्ने जारी टेस्ट सिरिजमा उनको हाउभाउले प्रष्ट पारेको छ । अहिलेको इंग्ल्याण्ड भ्रमणले भने कोहलीको सन् २०१४ को खेललाई बिर्साएको छ । तर यो सबैको पछाडी त्यस्ता केहि मानसिक र शारीरिक परिवर्तन छन् जसलाई कोहलीले अपनाएका छन् ।

यी हुन् ३ परिवर्तन जसलाई कोहलीले अपनाएका छन् :

३) अहंकारलाई बिर्सनु :

वर्तमान विश्व क्रिकेटमा ब्याटले बल माथि आफ्नो कब्जा जमाएको छ जसले गर्दा धेरै ब्याट्सम्यानमा अहंकार जागेको छ । सुरुवात देखि नै बलरमाथी आफ्नो वर्चस्व कायम राख्ने मनसाय अहिलेका ब्याट्सम्यानहरुको रहन्छ । तर जब इंग्ल्याण्डको स्थानमा बल स्विंग र सिम हुन्छ त्यहाँ राम्रो बलको सम्मान गर्नु उत्तिनै महत्त्वपूर्ण रहन्छ । कोहलीले यो सिरिजमा यस्तै धैर्यता देखाएका छन् जसले गर्दा उनलाई फाइदा पुगेको छ ।

२) पछाडी र क्रस सरेर खेल्नु :

विराट कोहलीले आफ्नो ब्याटिङ स्टान्समा थोरै परिवर्तन गर्दै लेग स्टम्पबाट मिडल स्टम्पतर्फ पछाडी सर्न थालेका छन् । यस कारणले गर्दा उनको दायाँ खुट्टा अफ स्टम्पभन्दा बाहिर जान्छ र लेग बिफोर विकेटको सम्भावना कम रहन्छ ।

३) शरीरको नजिक खेल्नु :

विराट कोहलीको सबैभन्दा ठुलो हतियार उनको कभर ड्राइभनै हो । तर धेरै पटक उनले यहि सट प्राहार गर्ने चक्करमा धेरै टाढाको बल खेल्दै आउट भएका छन् । सो गल्तिबाट पाठ सिकेर यस सिरिजमा भने उनी हरेक बललाई आफ्नो शरीरको नजिक खेल्ने प्रयास गरिरहेका छन् । सँगसँगै उनी बललाई ढिलो खेल्ने मनसायमा देखिन्छन् ।

यी सबै परिवर्तनपछि उनी फरक किसिमका ब्याट्सम्यान देखिन थालेका छन् । उनको हालको प्रदर्शनको आधारमा यस सिरिजमा उनीबाट अझ केहि शतकको अपेक्षा राख्न सकिन्छ ।

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

March 15, 2025

पुलिसलाई निरन्तर सफलता

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]

Success

Thank you for your time.