6 years ago
August 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसिया कप क्रिकेट खेल्ने तयारीमा रहेको नेपाली क्रिकेट टिमले तेस्रो तथा अन्तिम अभ्यास खेलमा पनि सहज जित निकालेको छ ।
नेपालले तेस्रो तथा अन्तिम अभ्या खेलमा कोल्ट्स क्रिकेट क्लबलाई ५ विकेटल पराजित गर्दै अभयास खेलमा शतप्रतिशत जित निकालेको हो । कोल्टस् क्रिकेट क्लबले दिएको २ सय १७ रनको लक्ष्य नेपालले ४२ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कप्ता नपार खड्काले सर्वाधिक ५८ रन बनाए । दीपेन्द्रसिंह ऐरी ५२ रनमा नटआउट रहे ।
उपकप्तानज्ञानेन्द्र मल्लले ४५ रन बनाए । आरिफ शेख २३ तथा ओपनर सुवास खकुरेलले २२ रन बनाए । सागर पुन ५ तथा विनोद भन्डारी १ रनमा आउट भए । आयना सिरी वर्दनेले २ तथा मदुरा लक्मल, लक्क्षण जयसिङ्गे र हसन हेवानायकेले समान १ विकेट लिए ।
यसअघिटस जितेर पहिले ब्याटिङ गरेको कोल्टस् क्रिकेट क्लबले ४९ ओभर ५ बलमा सबै विकेट गुमाएर २ सय १६ रनको योगफल तयार पारेको हो । कोल्टस्का लागि हसन हेवा नायकेले ५९ रन बनाए । आयना श्रीवाडनेले ३६ रन बनाए । मदुरा लकमलले ३१ रन तथा विश्व चतुराङ्गाले २६ र क्रिसन नाथले २४ रन जोडे ।
नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए । करण केसी र सागर पुनले समान २ विकेट तथा ललित भन्डरीले एक विकेट लिए ।
नेपालीक्रिकेट टोली सोमबार मलेसिया प्रस्थान गर्नेछ । एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ, सिंगापुर र ओमानले खेल्नेछन् ।
नेपालले ओमानसँग २९ अगस्टमा बायुमास ओभलमा खेल्नेछ । त्यसपछि ३० अगस्टमा युएईसँग किनरारा ओभलमा प्रतिस्पर्धा गर्नेछ । १ सेप्टेम्बरमा मलेसिया, २ सेप्टेम्बरमा सिंगापुर तथा ४ सेप्टेम्बरमा हङकङसँग खेल्नेछ ।
छनोटको विजेताले युएईमा हुने एसिया कपमा स्थान बनाउनेछ । विजेता भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा पर्नेछ । एसिया कप १३ सेम्टेम्बर देखि २८ तारिखसम्म हुदैछ ।
January 19, 2025
हिमाल खरेल, बिर्तामेड झापाको बुद्धशान्तिमा रहेको बर्खा स्मृति प्रतिष्ठानले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलाई खेलमैदान र प्रतियोगिताबारे जानकारी गराएको छ । प्रतिष्ठानले आयोजना गर्दै आएको झापाका पालिकाहरुबीचको पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिता र खेल मैदानको अवस्थाबारे जानकारी गराएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए । चन्द नेतृत्वको क्यानको एक टोलीले बुद्धशान्ति ३ […]
January 19, 2025
एजेन्सी – भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्मा ९ वर्ष पछि रणजी ट्रफीमा पुनरागमन गदैछन् । जनवरी २३ देखि सुरु हुने रणजी ट्रफीको अर्को चरणको खेलका लागि आफ्नो सहभागिता रहने रोहितले पुष्टि गरेका छन् । भारत र अस्ट्रेलियामा पछिल्ला आठ टेस्टमा खराब प्रदर्शन गरेपछि रोहितको फर्ममाथि प्रश्न उठेको छ । बिसिसिआईले केन्द्रीय सम्झौतामा रहेका सबै […]
January 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित गल्फ जायन्ट्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा पहिलो जित हासिल गरेको छ । गल्फले शनिवार दुवई क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको छ । गल्फले चौथो खेलिसक्दा दीपेन्द्रले भने लिगमा डेब्युको अवसर पाएका छैनन् । १ सय ६६ रनको लक्ष्य गल्फले १८.१ ओभरमा ४ विकेट […]