7 years ago
August 26, 2018
ब्रिजटाउन (एजेन्सी) – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्स क्यारेविन प्रिमियर लिग (सीपीएलको शीर्ष स्थानमा उक्लिएको छ । ब्रिजटाउन बार्बाडोसमा भएको खेलमा बार्बाडोस ट्रिडेन्सलाई ६ विकेटले पराजित गर्दै सेन्ट किट्स लिगको शीर्ष स्थानमा उक्लिएको हो ।
सेन्ट किट्सले ५ खेलबाट ३ जितसहित ६ अंक जोडेको छ । उसले रन रेटमा ट्रिनबागो नाइट राइडर्स, गुयाना अमेजन वारियर्स र जमैका तल्लावलाई पछि पारेको हो ।
बार्बाडोसले दिएको १ सय ४८ रनको लक्ष्य सेन्ट किट्सले ७ बल बाँकी छदा ४ विकेट गुमाएर पूरा ग¥यो । शुरुमै ओपनर क्रिस गेललाई शुन्य रन र एभिन लेविसलाई एक रनमा गुमाएर दवावमा आएको सेन्ट किट्सको इनिङ्स ब्रान्डन किङ र डिभोन थोमसले सम्हालेका थिए । ब्रान्डनले ६० रन जोड्दा थोमसले ३२ रनको योगदान दिए । बेन कटिङ २९ रनमा तथा टोम कुपर १३ रनमा नटआउट रहे । मोहम्मद इरफानले २ तथा वाहव रियाज र एस्ले नर्सले समान १ विकेट लिए । मोहम्मदले आफ्नो स्पेलको चार ओभरमा ३ मेडन राख्दै १ रन दिएर दुई विकेट लिन सफल भएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बार्बाडोसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रनको सम्मानजनक योगफल तयार पारेको थियो । बार्बाडोसका लागि जासोन होल्डरले ५४ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । शाइ होपले २६ रन जोडे । ड्याइन स्मिथ २० तथा मार्टिन गुप्तिलले १९ रन जोडे । एन्टोन डेभसिच र विन कटिङले समान दुई विकेट लिए । सेल्डन कटरेलले एक विकेट लिए । सन्दीप लामिछाने बार्बाडोसविरुद्धको खेलमा निकै महँगो सावित भए । आफ्नो स्पेलको चार ओभरमा सन्दीले ४३ रन खर्चदा एक विकेट पनि लिन सकेनन् ।
सेन्ट किट्सले २९ अगस्टमा गुयाना अमेजोन वारियर्ससँग खेल्नेछ । यो खेलबाट भने सन्दीप उपलब्ध हुने छैन । सन्दीप एसिया कप छनोटको लागि २८ अगस्टमा मलेसिया जानेछ ।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]