default_image

7 years ago

August 24, 2018

नेपालद्वारा ब्लुमफिल्डसामु ३ सय २४ रनको लक्ष्य प्रस्तुत

84 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसिया कप छनोटका लागि श्रीलंकामा अभ्यास खेल खेलिरहेको नेपालले शुक्रबार जारी दोस्रो खेलमा ब्लुमफिल्ड क्लबलाई जितका लागि ३ सय २४ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी र सागर पुनले उत्कृष्ट प्रदर्शन गरेपछि ठुलो योगफल सम्भव भएको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय २३ रन जोड्न सफल रहयो । नेपाली टोलीका लागि दीपेन्द्रले सर्वाधिक १ सय २१ रन जोडे । उनले ९५ बल खेलेका थिए । सागर पुनले ८३ बल खेल्दै ९२ रन प्रहार गरे । एक समय ८४/४ को स्थितिमा रहेको नेपाल सागर र दीपेन्द्रको उत्कृष्ट ब्याटिङ प्रदर्शनसँगै उकासिएको थियो । यी दुईले पाँचौ विकेटका लागि १ सय ८५ रनको साझेदारी गरेका थिए ।

ओपनर अनिल साह १७ रन जोड्दै आउट भए । कप्तान पारस २३ रनमा बोल्ड भए भने अर्का ओपनर सुवास खकुरेल ९ रन जोड्दै क्याचआउट हुन पुगे । ब्याटिङक्रममा बढुवा भएका रोहितले ११ रनमात्र जोड्न सके । करण केसीले १२ बलमा २६ रन जोडे ।

Dipendra Singh Airee

नेपालले पछिल्लो खेलमा विश्राममा रहेका कप्तान पारस खड्का, सागर पुन र करण केसीलाई टोलीमा स्थान दिएको छ । पछिल्लो खेलमा औसत प्रदर्शन गरेका उपकप्तान ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी र सोमपाल कामी विश्राममा छन् ।

March 6, 2025

दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]

March 6, 2025

पृथुको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]

March 6, 2025

ललितपुर बन्यो बागमती छनोटको च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]

Success

Thank you for your time.