default_image

7 years ago

August 22, 2018

तेस्रो टेस्टमा भारतको जित

60 views

0 Bookmark

नर्टिघम (एजेन्सी)– भारतले तेस्रो टेस्टमा इंग्ल्यान्डलाई २ सय ३ रनले हराएको छ । दोस्रो इनिङ्समा बाँकी अन्तिम विकेट इंग्ल्यान्डले पाँचौं तथा अन्तिम दिनको सुरुवातमै गुमाएपछि भारतले पाँच टेस्टको श्रृखंलामा पहिलो जित दर्ता गरेको हो । पाँच टेस्टमा घरेलु टोली २–१ ले अगाडि रहेको छ ।

९ विकेटको क्षतिमा ३ सय ११ रनको अन्तिम दिनको खेल अघि बढाएको घरेलु टोलीले ६ रन थप्दै ३ सय १७ रनमा अलआउट भएको थियो । जेम्स एन्डरसनको विकेट रविचन्द्र आश्विनले लिएसँगै इंग्ल्यान्ड अलआउट भएको थियो ।

भारतले घरेलु टोली सामु ५ सय २१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । भारतले कप्तान विराट कोहलीको उच्च प्रदर्शनमा पहिलो इनिङ्समा ३ सय २९ रन तथा दोस्रोमा ७ विकेटको क्षतिमा ३ सय ५२ रन बनाउँदै इनिङ्स समाप्तीको घोषणा गरेको थियो । पहिलो इनिङ्समा ९७ रन बनाएका कोहलीले दोस्रोमा शतक पुरा गरेका थिए । उनी खेलको म्यान अफ दी म्याच समेत बनेका थिए ।

इंग्ल्यान्डलाई दोस्रो इनिङ्समा अघि बढ्न नदिन भारतका जसप्रित बुमराहले ५ विकेट, इशान्त शर्माले २, तथा आश्विन, मोहम्मद सामी र हार्दिक पाण्डेयाले समान १ विकेट लिएका थिए ।

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

March 15, 2025

पुलिसलाई निरन्तर सफलता

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]

Success

Thank you for your time.