7 years ago
August 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसिया कप क्रिकेटको छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पहिलो अभ्यास खेल खेल्दैछ ।
अभ्यासका लागि सोमबार नै श्रीलंका पुगेको नेपाली टोलीले आज श्रीलंका आर्मी स्पोर्ट्स क्लबसँग पहिलो अभ्यास खेल खेल्न लागेको हो । खेल श्रीलंका आर्मी स्पोर्ट्स क्लबको घरेलु मैदान पानागोडामा नेपाली समय अनुसार बिहान १०ः१५ मा सुरु हुनेछ । आज हुने खेलमा सन्दीप लामिछाने भने उपस्थित रहने छैनन् ।
यस्तै नेपालले अगष्ट २४ मा ब्लुमफिल्ड क्लबसँग दोस्रो अभ्यास खेल खेल्नेछन् । नेपालले अन्तिम अभ्यास खेलमा कोल्ट्ससँग २६ अगस्टमा खेल्ने छन् । तीन अभ्यास र प्रशिक्षणपछि नेपाली टोली अगष्ट २७ मा श्रीलंकाबाटै मलेसिया प्रस्थान गर्ने छन् ।
मलेसियामा अगस्ट २८ बाट सुरु हुने एसिया कपको छनोट खेलको लागि टोली अभ्यासका लागि श्रीलंका प्रस्थान गरेको हो ।
नेपाली टोलीः
पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल (उपकप्तान)
बसन्त रेग्मी
सोमपाल कामी
सुबास खकुरेल
विनोद भण्डारी
दिपेन्द्र सिंह ऐरी
सन्दीप लामिछाने
करण केसी
ललित सिंह भण्डारी
अनिल कुमार शाह
ललित नारायण राजबंशी
सागर पुन
मोहम्मद आरिफ शेख
रोहित कुमार पौडेल
वैकल्पिक खेलाडी
किशोर महतो
प्रदिप ऐरी
सुनिल धमला
सुशन भारी
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]